मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सेलिब्रेटीको फ्रेण्डसिप

बिष्णु सुबेदी, काठमाण्डौ, 2011/08/07

मित्रता भनेको संसारको सबैभन्दा पबित्र निस्वार्थ र प्रेमको साईनो हो तर जब मित्रतामा धोका र बिश्वासघात हुन्छ त्यो साईनो घृणा गर्न लाएकको पनि रहँदैन । मित्रता भनेको त्यो हो जोसँग आफुले हरेक कुराहरु बाड्न सकियोस् । दु:खमा दु:ख साट्न अनि सुखमा सुख बाड्न सकियोस् । अझ भन्नेहरू यसो पनि भन्छन्,'दुनियाँका आँखाले नठम्याउने एउटा अर्को उज्यालो संसार निःस्वार्थ मित्रतामा नै हुन्छ ।' तर यस्तो उज्यालो देख्ने, बुझ्ने र अनुभव गर्न सक्ने मानिस यो संसारमा कति होलान् ?


मित्रताको संसार भनेको नै भावनात्मक पवित्रतामा दुई मुटु जोडिनु हो । नायक दिलिप रायमाझीले चाहेको साथित्व हो यस्तो । तर धेरैसँग मित्रताको साइनो गासे पनि बिभिन्न बाध्यताका कारण धेरै मित्रताका साइनोहरु बिचैमा टुटेको अनुभव छ उनीसँग । निरन्तर मित्रताको अनुभव नभए पनि अहिले भने निर्देशक सुरेशदर्पण पोखरेलसँग आफ्नो मित्रता गाढा रहेको दिलिप बताउँछन् । मित्रसँग हाँसखेल रमाइलो मात्र हैन कामको बारेमा पनि कुरा हुने दिलिपको भनाई छ । निर्देशक पोखरेलले आफुलाई हरेक पलमा साथ दिने गरेको स्मरण गर्दै दिलिपले यस बर्षको मित्रता दिवस कामकै बारे कुरा गरेर बिताएको बताएका छन् ।


'आइतबार विश्व मित्रता दिवस हो । म मित्रता दिवसको दिन आफ्नै ढंगबाट सेलिब्रेट गर्छु । वास्तवमा मित्रता भनेको बिरुवा जस्तै हो । मलजलले बिरुवा हुर्किए जस्तै मित्रता पनि मित्रको साथले हुर्कन्छ वा भनौं बढ्छ । साथ हुँदा मात्र साथी भन्ने हुँदैन । नत्र चिने जति सबै साथी भैहाल्थे नि । कार्यव्यस्तता र समयको अभावका कारण मित्रता निर्वाह गर्ने समय सबै सँग छैन । अहिलेको हाम्रो जीवनमा त्यसको सम्भावना न्यून छ । यतिबेला मेरा साथीहरू निकै कम छन् । जति छन् सबै व्यावसायिक मित्र मात्र छन् । मेरो विचारमा हिजोआजको मित्रता स्वार्थका लागि गाँसिन्छन् जब स्वार्थ पूरा हुन्छ अनि त्यो मित्रता टुट्छ वा सम्बन्ध पातलो हुँदै जान्छ । मित्रता बारेको यो बुझाई हो निर्देशक, कलाकार तथा सञ्चारकर्मी दिनेश दिसीको । मित्रता दिवसको अवसरमा कुराकानी गर्दै उनले निर्वाण चौधरी, शान्तिप्रिय, निर्मल शर्मा र दिपकराज गिरीलाई आफ्ना मिल्ने साथी भनेका छन् ।


त्यसो त नायक श्रीकृष्ण श्रेष्ठले सुनिल थापा र शिव श्रेष्ठलाई आफ्नो मिल्ने मित्र सम्झेका छन् । आफूहरू बर्षौं देखिको मिल्ने साथी रहेको नायक श्रेष्ठले बताए । उनले आफुहरुले हरेक कुराहरु एक आपसमा साट्ने गरेको बताएका छन् । मित्रतालाई निरन्तरता दिन आग्रह गर्ने यि नायकले आफ्नो जीवनमा मित्रहरुको ठुलो हात रहेको जनाए । पछिल्लो समय नायिका स्वेता खड्का आफ्नो मिल्ने साथिको रुपमा पाएको बताउदै श्रीले आफुले हरेक साथिहरु सँगको सम्बन्धलाई निरन्तरता दिने जनाएका छन् ।


यता नायिका नन्दिता केसी भने आफ्नो अति मिल्ने साथी सञ्चिता खनाल (जो अष्ट्रेलियामा बस्छिन् र अहिले नेपाल आएकी छन्) सँग काठमाडौ घुम्नमा ब्यस्त छिन् । 'सुटिङबाट बचेको समय उनिसँग घुम्नमा खर्चेको छु' नन्दिता सुनाउँछिन् ।' भाग्यवस फ्रेण्डसिप सप्ताहमा नै उनिसँग भेट्न पाएकोमा नन्दिता ज्यादै खुसि देखिन्छिन् । जीवनमा साथीको महत्व अति ठुलो हुने बताउने यि नायिकाले चलचित्र क्षेत्रमा भने सबैसँग मित्रता भए पनि अति निकटका साथी भने नभएको जनाएकी छन् । हरेक क्षणमा साथ दिने साथी मात्र वास्तबिक साथी भएको उनको बुझाइ छ ।


यस्तै नायिका नायिका निता ढुङ्गानाले भने चलचित्र क्षेत्रमा प्राय सबैसँग आफ्नो मित्रता रहेको बताएकी छन् । आफ्नो हरेक कुराहरु साट्ने साथी भने कोही नभएको निताको भनाई छ । केही स्वार्थ पूरा गर्नका लागी मित्रताको नाटक गर्ने र त्यो स्वार्थ पूरा भएपछि मित्रता तोड्ने चलन बढेको भन्दै त्यसबाट सजग रहने यि नायिकाको भनाई छ । आफ्नो सफलताको पछाडी साथिहरुको महत्वपूर्ण हात रहको बताउदै यि नायिकाले आफ्ना हरेक क्षणमा साथ दिने साथीलाई वास्तविक साथि भन्न रुचाएकी छन् ।


त्यसो त नायिका झरना थापाले पनि चलचित्रका प्राय सबैसँग आफ्नो सम्बन्ध सुमधुर रहेको बताएकी छन् । त्यति निकटको सम्बन्ध कसैसँग नभए पनि सबैसँग मित्रता रहेको उनको भनाई छ । प्राय चलचित्र भन्दा बाहिरका साथीहरुसँग आफुले समय बिताउने गरेको उनले जनाएकी छन् । सुटिङबाट बचेको समयमा घर परिवार अनि आफ्ना साथिहरुको लागी समय खर्चिने गरेको झरनाको भनाई छ ।

 
हुन त केही दिन अघि मात्र गर्भवती नायिकाहरु सञ्चिता लुइटेल र अरुणिमा लम्साललाई दहि च्यूरा खुवाएर नायिकाहरुले आफ्नो मित्रतालाई झन् गाडा बनाएका थिए । नायक निखिल उप्रेतीसँग सम्बन्ध राम्रो नभएकी नायिका रेखा थापा समेत सो कार्यक्रममा उपस्थित भएर उनकी कान्छी पत्नी सञ्चितासँग भने सम्बन्ध राम्रो भएको प्रमाणीत गरीन् ।


यता नायक मुकेश ढकालले भने आफ्नो मिल्ने साथीको रूपमा करियोग्राफर पुनम र्राईलाई लिएका छन् । धेरै मित्रहरु भएपनि आफुलाई हरेक क्षण साथ दिने पुनम भएका कारण उनी मुकेशका निकटका मित्र बनेका रहेछन् । त्यसो त नायिका मेलिना मानन्धरलाई आफ्नो जिवन साथी बनाएका मुकेशले उनको र आफ्नो सम्बन्ध पल पलका लागी भएको बताएका छन् । यस्तै नायक बिरेन श्रेष्ठले यो साता साथिहरुसँग समय बिताएका रहेछन् । चलचित्र क्षेत्रका प्राय सबै मिल्ने साथीहरु छन् । तर चलचित्र बाहिरका साथीहरुसँग रमाइलो गरेको बिरेनको भनाई छ । प्राय सबै मिल्ने हुदा आफ्ना लागी यो वा त्यो भन्ने कोही नभएको बिरेनको भनाई छ । साथीलाई एउटा सुन्दर सम्बन्ध भन्न रुचाउने उनले मित्रतामा ज्यान दिन तयार रहेको बताएका छन् ।


यता स्कृप्ट राइटर शिवम अधिकारीले आफ्ना चार जना मिल्ने साथीको नाम अगाडी सारेका छन् । मदन घिमिरे, सुरेश दर्पण पोखरेल, कृषा चौलागाई र सबिर श्रेष्ठलाई मिल्ने साथी सम्झने शिवमले सबैसँग आफ्नो समबन्ध पबित्र रहेको बताएका छन् । आफ्ना हरेक कुराहरु यि चारैसँग साट्न सक्ने बताउदै शिवमले यो फ्रेण्डसिप सप्ताहले सबैसँग आफ्नो सम्बन्ध झन् गाढा हुने बिश्वास लिएका छन् ।


भनिन्छ चलचित्र क्षेत्रमा स्थायी मित्र र स्थायी शत्रु कोही पनि हुँदैनन् । केहि दुई तीन बर्ष मज्जाले मिल्छन् अनि बिछोडको बाटोमा पुग्छन् भने कोही केहि समय रिसले आगो हुन्छ र पुन: मिल्छन् ।  आशा गरौं सबै चलचित्रकर्मीका लागी सबै मिल्ने मित्र बन्न सकुन् । कसैको दुस्मनी कसैसँग भएको सुन्न नपरोस् । यस फेन्डसिप डे सप्ताहको अवसरमा सबै चलचित्रकर्मीहरूलाई राम्रो साथी बन्न हाम्रो आग्रह र त्यो साथ सधैं रहिरहोस् हाम्रो शुभकामना !