मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेखा पाँच वर्ष पछि आमा बन्ने

फिल्मीखबर, काठमाण्डौ, 2011/08/07

महिलाको सबै भन्दा ठुलो चाहना भनेको आमा बन्ने हुन्छ रे ! हुन त धेरैले भन्ने गर्दछन् आमा नबने सम्म महिला पूर्ण हुँदिनन् । सायद त्यसैले होला हरेक महिलाको चाहनामा पर्ने गर्दछ बच्चा । हाम्रो समाजमा प्रचलित माथि उल्लेख गरीएको भनाईलाई मान्ने हो भने नायिकाहरु पनि आफ्नो जीवनलाई पूर्ण बनाउदै छन् । कति नायिकाहरु आमा बनि सकेका छन् भने केही नायिकाहरु आमा बन्दैछन् ।

बिवाहको लामो बर्ष पछि आमा बन्न लागेकी नायिका अरूणिमा लम्साल र दोस्रो बिवाह गरेर आमा बन्न लागेकी सञ्चिता लुईटेल पछि अन्य बिवाहित नायिकाहरुलाई आमा कहिले बन्ने प्रश्न ओइरिन थालेको छ । निर्माता छबि ओझासँग बिवाह गरेकी नायिका रेखा थापालाई पछिल्लो समय आमा कहिले बन्ने भन्ने प्रश्नले हैरान नै पारिसकेको छ । विवाह गरेको एक दशक बित्न लाग्दा पनि आमा बन्ने कुनै सुरसार नदेखिए पछि शुभचिन्तकहरूले यस्तो चिन्ता गर्नु स्वाभाविक हो । तर रेखा थापाले आफुलाई आमा बन्न हतार नभएको बताउदै आएकी छन् ।

रेखाले तत्काल आफ्नो आमा बन्ने कुनै योजना नभएको जनाएकी छन् । आफु अहिले अभिनयमा सक्रिय रुपमा लागेको बताउदै रेखाले अबको पाँच वर्षपछि मात्र सन्तान जन्माउने योजना बनाएकी छन् । एक साप्ताहिक पत्रिकाले उल्लेख गरे अनुसार रेखा आमा बनेपछि अभिनयमा लाग्ने छैनन् । उनले आमा बनेपछि अभिनय छोडी निर्माण एवं निर्देशनमा सक्रिय हुने योजना र्सार्वजनिक गरेकी छिन् ।

त्यसो त कलाकारहरुको राजनीति मोह पनि गजब कै छ । झण्डै एक वर्ष अघि नायक भुवन केसी एमाले प्रबेश गरेर चर्चामा आए । त्यो भन्दा अगाडी रेखा थापा माओबादी अध्यक्षसँग नाचेर चर्चामा आइन् । यिनै रेखाले पाँच वर्ष पछाडी सक्रिय राजनीतिमा लाग्न सक्ने संकेत गरेकी छन् । तर कुन पार्टिमा संलग्न हुने हुन् खुलाएकी छैनन् । जवानी ढल्दै जाँदा सन्तान जन्माउने र आमा बन्ने रेखाको मनसायले रेखाको सन्तान प्रेम त स्पष्ट पार्छ नै । तर उमेर ढल्कदै जाँदा रेखाले सन्तान हुर्काउने, राजनीति गर्ने अनी चलचित्रको निर्माण निर्देशन गर्न समय भने कसरी व्यवस्थापन गर्ने हुन् त्यो भने पाँच वर्षपछि मात्रै थाहा हुनेछ ।