नेपाली चलचित्र क्षेत्रकी पछिल्लो समयमा व्यस्त वन्दै गरेकी नायिका गरिमा पन्तले प्रितीको फुल, सुन्दर मेरो नाम, सम्झना, दिदी भाई, दानवीर, अर्जुनदेव लगायतका चलचित्रमा अभिनय गरिसकेकी छिन् । उनले अभिनय गरेको चलचित्र 'प्रितीको फूल' केहि महिना अगाडी रिलिज भएको थियो जसबाट उनको राम्रै चर्चा पनि भयो । हाल शिब रेग्मीको निर्देशनमा बनिरहेको चलचित्र 'पराई' म व्यस्त रहेकी यिनै नायिकासँग सञ्जय सौगातले गरेको छोटो कुराकानी -
तपाईलाई पुरूष स्वार्थी लाग्छ की महिला ?
अवस्था अनुसार दुबै स्वार्थी हुन्छन् । यही नै हुन्छ भनेर तोक्न सकिदैन ।
तपाई यो देशको प्रधानमन्त्री हुनुभयो भने के-के गर्नुहुन्छ ?
अहिलेको अवस्थालाई हेर्ने हो भने त अव जनताले जुनै प्रधानमन्त्रीले जस्तो धाक देखाए पनि पत्याउने वाला छैनन् । तर पनि प्रधानमन्त्री हुने अवसर पाएभने धाक भन्दा पनि पहिले गरेर देखाउछु । र्सवप्रथम त म यो देशको नियम कानुनलाई कडा रुपले पालना गर्न लगाउँछु । अहिलेको जस्तो पानामा नै नियम कानुन समित राख्दिन ।
तपाइलाई पुरूषको कुन कुराले आर्कषित गर्छ ?
खासगरी मलाई बौद्धिक स्तरको र अरुलाई सम्मान गर्ने खालको पुरुष मन पर्छ ।
पुरुषको कुन अंगले आर्कषित गर्छ भनेर सोधे भने ?
पुरुषको कुनै अंग छैन मलाई आर्कषित गर्ने । मैले भनिहाले अरुलाई सम्मान गर्ने र सरल व्यवहारको पुरुष मन पर्छ ।
जीवनमा कुनै पुरूषलाई आइ लव यू भन्नुभएको छ ?
अहिलेसम्म छैन ।
बाटोमा हिंड्दा केटाहरूले कत्तिको जिस्क्याउछन् ?
अहिलेसम्म त्यस्तो अवस्था भोगेको छैन ।
जीवनमा गरेको भुल तर अति रमाइलो ?
म कक्षा छ मा पढ्दाको कुरा हो । एक जना केटाले मलाई प्रपोज हानेको थियो त्यो पनि चिठी लेखेर । उसले त्यो चिठी मेरो कितावको वीचमा राखिदिएको थियो । हामी पाँच जना साथी मिलेर उसलाई स्कुल पछाडिको बगैचामा लगेर उल्लु बनाएका छौं । त्यो दिन सम्झदा रमाईलो लाग्छ ।
जीवनलाई कसरी हेर्नु हुन्छ ?
'छैन केही छैन कतै अर्थ जिन्दगीको
सजाउ जीवन लगाउ अर्थ तिम्रो जिन्दगीको'
म स्लोक मार्फत के भन्छु भने जीवनलाई जसरी हेर्यो त्यसरी परिभाषित गर्न सकिन्छ । अर्को कुरा जीवन उकाली ओराली हो । उकालोबाट हेरे ओरालो देखिन्छ, ओरालोबाट हेरे उकालो देखिन्छ । यथार्थमा भन्दा जीवनको कुनै शाव्दिक अर्थ छैन ।
पृथ्वीमा प्रलय आयो र तपाई मात्रै रहनुभयो भने के गर्नुहुन्छ ?
त्यो बेला के हुन्छ कल्पना गर्न नै सकिंदैन ।