मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सानो पर्दाका नायक ठूलो पर्दामा

फिल्मीखबर, काठमाण्डौ, 2011/08/10

हुनत बिमलेश अधिकारी नाम सञ्चारमाध्यमका लागि कुनै नयाँ नाम हैन । तर पनि चलचित्रमा भने उनको नाम बिल्कुलै नयाँ हो । बिमलेशलाई टेलिभिजनको पर्दामा नदेख्ने सायदै कम होलान् तर ठूलो पर्दामा भने उनलाई कसैले देखेको छैन । तर अब भने उनलाई ठूलो पर्दामा पनि देख्न पाईने भएको छ ।

 

सात बर्ष अगाडी हेमन्त शर्माको गीत 'थाप न थाप हातैमा' बोलको गीतमा आलोक नेम्वाङले नचाए पछि उनको अभिनय यात्रा शुरू भएको हो । सात बर्षको दौरानमा उनले ६० भन्दा बढि म्युजिक भिडियोमा काम गरिसकेका छन् । हुनत बिमलेश म्युजिक भिडियोमा आउनु भन्दा अगाडी थुप्रै र्‍याम्प शो तथा फेशन शो हरूमा काम गरिसकेका थिए । र्‍याम्प शो तथा फेशन शोबाट दिक्का मानेका बिमलेशलाई द र्‍याम्प भन्ने एक संस्थामा आलोकले भेटेपछि भिडियोमा ब्रेक दिएका हुन् ।

 

नेपाली चलचित्र क्षेत्रका केहि नायिकाहरूसँग भिडियोमा रोमान्स गरिसकेका बिमलेशले ठूलो पर्दाको चलचित्रमा भने नायिका ऋचा घिमिरेसँग रोमान्स गरेका छन् । हुनत बिमलेशको अभिनयको हिसाबले पहिलो चलचित्र 'तुलसी' हो तर रिलिजको हिसाबले पहिलो चलचित्र ब्रेक फेल हुने भएको छ । तुलसी ब्रेक नायक अधिकारीले सो चलचित्रमा पनि ऋचा घिमिरेसँग नै रोमान्स गरेका छन् । यि मोडललाई चलचित्रमा ब्रेक दिने काम निर्देशक शंकर घिमिरेले गरेका हुन् । निर्देशक घिमिरे तुलसी र ब्रेक फेलका निर्देशक हुन् ।

 

फुर्सदको समयमा ग्राफिक्स डिजाईनको काम समेत गर्ने बिमलेश अहिले पूर्ण रूपमा ब्रेक फेलको प्रचार प्रसारमा जुटिरहेका छन् । अभिनयलाई आफ्नो तर्फबाट सक्दो राम्रो बनाउने प्रयास गरेको बताउने बिमलेश ब्रेक फेलबाट निकै आशावादी छन् । यहि चलचित्रले आफ्नो भविश्य निर्धारण गर्ने समेत उनको भनाई छ । ब्रेक फेलमा ठग पात्रको रूपमा देखिन लागेका बिमलेशले दर्शकलाई भने नठगुन् । हाम्रो शुभकामना !