मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पाउला त औधोगिक मान्यता ?

फिल्मीखबर, काठमाण्डौ, 2011/08/10

फिल्मीखबर डटकमले केही दिन अगाडी नेपाली चलचित्रले औधोगिक मान्यता नपाउनुको कारणबारे सर्वेक्षण गरेको थियो । सरकारी वेवास्ता, चलचित्रमा राजनिति र अब्यवसायिकता भन्ने तिन बिकल्पमा आफ्नो मत जाहेर गर्दै फिल्मीखबरका पाठकहरुले चलचित्रमा राजनिति भएका कारण यो क्षेत्र उद्योगको रुपमा अगाडी बढ्न नसकेको बताएका थिए । चलचित्र क्षेत्रमा राजनिति भएको भन्ने बिकल्पमा ५३.२४ प्रतिशत मत जाहेर गरेका हाम्रा पाठकका लागी अहिले केही सुखद खबर छ ।


नेपाली चलचित्रले औधोगिक मान्यता पाउन नसकिरहेका बेला सरोकार वालाको बिचमा बहस हुने भएको छ । चलचित्र बिकाश बोर्डले शुक्रबार आफ्नै प्रेक्ष्यालयमा 'नेपाली सिनेमाको औधोगिक मान्यता' बिषयक अर्न्तक्रिया गर्ने भएको छ । बोर्डका अध्यक्ष गणेश भण्डारीले दिएको जानकारी अनुसार त्यस कार्यक्रममा चलचित्र क्षेत्रका बिभिन्न ब्यक्तिहरुको बिचमा अर्न्तक्रिया कार्यक्रम गरिने छ । उद्योग बाणिज्य संघका प्रतिनिधि, अर्थ मन्त्रालयका प्रतिनिधिका साथै बिभागिय मन्त्री समेतको उपस्थिती रहने कार्यक्रममा चलचित्र क्षेत्रलाई कसरी औधिगिक मान्यता दिलाउन सकिन्छ भन्ने बारे छलफल गरिने छ ।


अहिले सञ्चार मन्त्री समेत परिवर्तन भएको अवस्थामा बिभागिय मन्त्रीले चलचित्र क्षेत्रको बिकाशका लागी के कस्तो कार्ययोजना अगाडी सारेका छन् भन्ने बारेमा चलचित्र क्षेत्रका ब्यक्तिहरुलाई जानकारी गराउन पनि यो कार्यक्रम सहयोगी रहने बताइएको छ । चलचित्र क्षेत्रले औधोगिक मान्यता पाए पछि कसरी अगाडी बढ्ने र त्यो भन्दा पनि औधोगिक मान्यता पाउनका लागी कुन कुन प्रक्रिया पुरा गर्नु पर्दछ भन्ने बारे छलफल हुनेछ ।


चलचित्र क्षेत्रबाट प्रतिनिधित्व गरेर उद्योग बाणिज्य महासंघमा पुगे लगत्तै अशोक शर्माले चलचित्र क्षेत्रलाई औधोगिक मान्यता दिलाउने बताएका थिए । तर अहिले सम्म चलचित्र क्षेत्रले औधोगीक मान्यता पाउन नसकिरहेका बेला बोर्डले सरोकार बालाको बिचमा गर्न लागेको यो अर्न्तक्रिया कार्यक्रमले चलचित्र क्षेत्रलाई औधोगीक मान्यता दिलाउन सक्छ कि सक्दैन भनने प्रश्न उठिहरेको छ ।


चलचित्र सञ्चारको प्रभावकारी माध्यम हो त्यसैले यो क्षेत्र सञ्चार मन्त्रालय अर्न्तगत पर्ने गर्दछ । तर उद्योगको मान्यता पाए पछि उद्योग तथा बाणिज्य मन्त्रालय अर्न्तगत रहने वा सञ्चार मन्त्रालय अर्न्तगत नै रहने भन्नेमा पनि दुविधा देखिएको छ । तर जे जस्तो भए पनि धेरै चलचित्रकर्मीहरुको सपना यो क्षेत्रलाई उद्योगको मान्यता दिलाउनु रहेका कारण चलचित्र क्षेत्र उद्योगको रुपमा बिकाश होस हाम्रो शुभकामना !