मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पाठक र पौडेलले जोडे कुम

फिल्मीखबर, काठमाण्डौ, 2011/08/11

केही दिन अघि आरोप प्रत्यारोपमा उत्रिएका निर्देशक समाजका अध्यक्ष र प्रथम उपाध्यक्षको बिचमा कुरा मिलेको छ । केही दिन अघि कस्ले कस्को खेदो बढी खन्ने भन्नेमा नै ध्यान केन्द्रित गरेका निर्देशक समाजका अध्यक्ष केपी पाठक र प्रथम उपाध्यक्ष बिमल पौडेल यतिबेला भने कुम जोडेर हिड्न थालेका छन् ।


बैठकमा बोलाउँदा समेत नआएर आफुलाई असहयोग गरेको तथा समाजमा गुटबन्दी गरेको अध्यक्षको आरोप थियो भने अध्यक्षले समाजमा निर्णय नै नगरी महत्वपुर्ण बिषयमा सञ्चार माध्यममा आफ्नो अभिब्यक्ति दिदै हिडेको उपाध्यक्षको आरोप रहेको थियो । तर अहिले भने यि दुबैको बोलि फेरीएको छ । उनिहरु भन्न थालेका छन्, 'सामान्य बैचारिक मतभेद त जहाँ पनि भैहाल्छ नि ! त्यसलाई सञ्चार माध्यमले उचालि दिएका हुन् । हुन त अहिले एउटै स्वरमा आफुहरुको बिबाद नभएको बताए पनि चलचित्र बिकाश बोर्डले गर्न लागेको चलचित्रको बर्गीकरणका सम्बन्धमा भने उनिहरुले एक अर्कालाई आरोप लगाएको सत्य हो ।


अध्यक्ष पाठकले नियमित भेटघाट नहुँदा केही कुरामा असमझदारी भए पनि समाजको बैठक पछि सबै कुरा टुङ्गिएको बताएका छन् । यस्तै उपाध्यक्ष पौडेलले भने बैठकमा चर्का चर्की भएको स्विकार गर्दै केही अध्यक्षको केही आफ्नो गल्ती भएकोले दुबैले आत्मआलोचना गरे पछी यो बिषय टुङ्गिएको जनाए । त्यति मात्र नभएर समाजले प्रबिधिलाई आधार मानेर चलचित्रको बर्गीकरण गर्न हुदैन भन्ने बिषयलाई अनुमोदन समेत गरेको छ । आज सम्म समाजले गरेका हरेक गोष्ठी र सेमिनारहरु स्कृप्ट र प्रस्तुतीमा केन्द्रित रहेको भन्दै अध्यक्ष पाठकले आफुहरुले प्रबिधिको बारेमा आजसम्म सेमिनार र गोष्ठी नगरेकोले त्यसलाई आफुहरुले मान्न नसकिने जनाएका छन् ।


यसरी बिबादका बिच गुज्रिएको निर्देशक समाजले आफ्ना सबै बिबादहरुलाई साम्य पार्दै मिलेर जानु पक्कै पनि खुसीको कुरा हो । आगामी दिनमा पनि बिबादलाई बाहिर ल्याउनु अघि आफ्नै कार्य समितीमा छलफल गरेर अगाडी बढ्नुहोस् भन्ने हाम्रो शुभकामना !