मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पूर्वमा 'के यो माया हो' को उत्साहजनक ब्यापार

अर्पण ढकाल, धरान, 2011/08/12

श्रावण २० बाट देशभर प्रदर्शनमा आएको चलचित्र 'के यो माया हो' ले पूर्वी नेपालमा पहिलो हप्ता उत्साहजनक कलेक्शन गर्न सफल भएको छ । पूर्वको पाँचवटा स्टेशनहरुबाट प्रदर्शनमा आएको चलचित्रले पहिलो हप्तामै  करिब १६ लाख ग्रस गरेको रिपोर्ट प्राप्त भएको छ ।

 

पाँचवटा हलहरु मध्ये चलचित्रले धरानको गणेश टाकिजबाट मात्रै पाँच लाख ग्रस कलेक्शन गरेको छ । धेरै समय पछि यस चलचित्रले यति धेरै व्यापार गरेको हलका म्यानेजर भोलामान श्रेष्ठले बताए । शुक्रबार,शनिबार, सोमबार धरानको गणेश टाकिजमा प्रत्येक सो हाउसफुल भएको श्रेष्ठ बताउँछन् । अन्य चलचित्रमा दर्शक नभएर नाइट सो संचालन नहुने गरेकोमा 'के यो माया हो' हेर्न नाइट शोमा पनि दर्शकहरू आएको श्रेष्ठले बताए ।


यस्तै चलचित्रले दमकको दमक चित्र मन्दिरबाट ४ लाख, बेलबारीको शारदा चित्र मन्दिरबाट साढे २ लाख, विर्तामोडको अन्नपूर्ण टाकिजबाट साढे ३ लाख र बिराटनगरको हिमालय टाकिजबाट करिब १ लाख कलेक्शन गरेको जानकारी हल संचालकले गराएका छन् । नेपाली चलचित्र फाट्टफुट्ट रुपमा मात्रै प्रदर्शन हुने बिराटनगरमा चलचित्रले गरेको व्यापार राम्रै रहेको हल संचालकको दाबी छ । युथ फोर्सले बिराटनगर २ दिन बन्द गराउदा चलचित्रको ब्यापारमा असर पुगेको थियो । त्यस्तै आइतबार  पूर्वाञ्चल बन्दले गर्दा पनि चलचित्र चल्न पाएन ।

 

पहिलो सातामा राम्रो पिकअप लिएकोले चलचित्र 'के यो माया हो' ले दोस्रो सातामा पनि ब्यापारको यो क्रमलाई जारी राख्ने हल संचालकहरुको विश्वास रहेको छ । यस्तै आजबाट 'के यो माया हो' थप अरु ३ वटा हलहरुमा पनि प्रदर्शन हुने भएको छ । दुहबीको गंगा चलचित्र मन्दिर, झुम्काको मनकामना र चक्रघट्टीको बराहा चलचित्र मन्दिरमा पनि यो चलचित्र प्रदर्शन हुँदैछ ।