मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फापेन जोमसोम

फिल्मीखबर, काठमाण्डौ, 2011/08/12

नेपाली चलचित्र सुटिङका लागि राम्रो मानिने स्थान मध्येको प्रमुख स्थान हो जोमसोम । केही वर्ष सम्म काठमाडौ, पोखरा, नारायणगढ आसपासका स्थानमा मात्र सिमित चलचित्रको छायाँकन केही समय यता जोमसोम जाने क्रम बढ्दो छ ।


केही वर्ष अघि सम्म अक्कल झुक्कल म्यूजिक भिडियोमा देख्न पाइने जोमसोम आजभोलि चलचित्रमा पनि देख्न पाइन्छ । एउटा नयाँ र नौलो नेपालको रुपमा चित्रण गर्न सकिने जोमसोमका दृष्यले चलचित्रकर्मीहरूको ध्यान तान्न सफल छ । हेर्दा आनन्द लाग्ने यस्ता दृष्यहरु चलचित्रमा समेटिनुले चलचित्र तर्फ दर्शकको मन लोभ्याउनु पर्ने हो । तर बिडम्बना आजसम्म जोमसोममा खिचिएका अधिकांश चलचित्रहरु ब्यापारिक दृष्टिले असफल छन् ।

 

हुनत अन्य स्थानमा पनि छायाँकन गरिएका चलचित्र असफल छन् तर पनि लोकेशनको हिसाबले पहिलो रोजाईमा पर्ने जोमसोम व्यापारका हिसाबले सफल देखिएको छैन । अपवादलाई छोडेर हेर्ने हो भने सबै चलचित्र असफल नै छन् । जोमसोममा खिचिएको चलचित्र झुमा होस् या डिजिटल प्रबिधिको पहिलो चलचित्र कागवेनी होस् या पछिल्लो समयको चलचित्र कोही मेरो नै किन नहोस् यि कुनै पनि चलचित्रले चमत्कार देखाउन सकेका छैनन् ।
 

जोमसोममा छायाँकन भएका झुमा, दिदी बहिनी, कागबेनी, कोही मेरो, रणसंग्राम जस्ता चलचित्रहरु ब्यापारी दृष्टिले सफल चलचित्र हैनन् । त्यसो त जोमसोममा पनि खिचिएको चलचित्र चलचित्र के यो माया हो अहिले प्रर्दशन भैरहेको छ जसले बक्स अफिसमा कुनै चमत्कार देखाउन सकेको छैन । प्रदर्शनको पालो कुरेको चलचित्र त साह्रै सप्रिस नि बद्री,  च्यालेञ्ज पनि जोमसोममा छाँयाकन गरिएको चलचित्र हो । यसका अलावा जोमसोममा भर्खर चलचित्र अन्दाजको सुटिङ गरिएको छ ।


आजसम्म नेपाली चलचित्रका लागी जोमसोम नफापेको जस्तै देखिएको छ । अब चल्ने क्रममा रहेका चलचित्रहरुले कस्तो ब्यापार गर्ने हुन त्यो भने हेर्न बाँकि नै छ । आशा गरौं अबका चलचित्रले ति असफल चलचित्रको बाटो पछ्याउने छैनन् ।