सुचना तथा सञ्चार मन्त्री पोष्ट बहादुर बोगटीले चलचित्र क्षेत्रलाई औधोगिक मान्यता दिन चलचित्रकर्मीहरूबाट ठोस कुराहरू आएमा सरकारले त्यसका लागि पहल गर्न सक्ने जनाएका छन् ।
शुक्रबार चलचित्र विकास बोर्ड र एबिसी टेलिभिजनले संयुक्त रूपमा आयोजना गरेको नेपाली चलचित्र क्षेत्रको औद्योगिक मान्यता : चुनौती र सम्भावनाहरु' बिषयक अन्तर्क्रिया कार्यक्रममा मन्त्री बोगटीले नेपाली चलचित्रको नितीमा नै अस्पष्टता रहेको बताउँदै ठोस निती बने चलचित्रको विकास सम्भावन राम्रो रहेको धारणा राखे ।
चलचित्र बिकास बोर्डका अध्यक्ष गणेश भण्डारीले नेपाली चलचित्र क्षेत्रको औद्योगिक मान्यता : चुनौती र सम्भावनाहरुको बिषयमा तयार पारिएको कार्यपत्र प्रस्तुत गरेका थिए । सो कार्यपत्रमा चलचित्र क्षेत्र किन उद्योग हुन सक्छ ?, ऐनमा चलचित्र सम्बन्धी ब्यबस्था के छ ?, नेपाली चलचित्र क्षेत्रलाई उद्योगका रुपमा विकसित गर्न किन आवश्यक छ ? र चलचित्र क्षेत्र उधोगमा रूपान्तरण भएमा चलचित्रकर्मीहरूलाई के फाईदा हुन सक्छ भन्ने बिषयमा समेटिएको थियो ।
कार्यक्रममा उपस्थित अर्थ मन्त्रालयका उप-सचिव योगेन्द्र ओझा सहितका करिब एक दर्जन चलचित्रकर्मीले नेपाली चलचित्र क्षेत्रको औद्योगिक मान्यता : चुनौती र सम्भावनाहरुका बिषयमा आ-आफ्ना तर्कहरू प्रस्तुत गरेका थिए । सो कार्यक्रममा चलचित्रकर्मीहरूले राखेका बिचारहरूलाई फिल्मीखबरले बिस्तृत रूपमा प्रस्तुत प्रस्तुत गर्नेछ । प्रतिक्षा गर्नुहोला !