मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रक्षा बन्धन बाध्दै चलचित्रकर्मी

बिष्णु सुबेदी, काठमाण्डौ, 2011/08/13

आज जनै पूर्णिमा अर्थात ऋषि तर्पणी हिन्दु धर्मालम्बिहरुले विधिपूर्वक जनै लगाउने र रक्षाबन्धन ग्रहण गरी यो पर्व मनाइरहेका छन् । काठमाडौका बिभिन्न सथानमा रहेका मठ मन्दिरहरुमा आज बिहानैदेखि जनै धारण गर्ने र रक्षाबन्धन बाँध्ने भक्तजनहरुको घुइँचो लागेको छ । त्यसो त आज धेरैले राखि समेत बाध्ने गर्दछन् ।


यो पर्वका अवसरमा चलचित्रकर्मीहरुले समेत जनै लगाउनुका साथै रक्षा बन्धन बाधेका छन् । सुपस्टार नायक भुवन केसीले आज बिहानै घरैमा पुरोहित बोलाएर मन्त्र जपेको जनै ग्रहण गरे । आफु सुटिङको क्रममा कहिले कहाँ कहिले कता हुने हुँदा सधै जनै जलाउन नपाए पनि केही दिन भने जनै काधैमा रहने उनको भनाई छ । उनले आज राखि समेत बाधेका छन् । हिन्दु धर्म अनुसार जनै र रक्षाबन्धनको बिशेष महत्व हुने भन्दै उनले आज जनै लगाएर रक्षाबन्धन बाधेको जनाएका छन् । उनले आउने पुस्तालाई हाम्रो संस्कारको जानकारी दिन पनि यस्तो गरेको बताए ।


यता नायक तथा निर्देशक आकाश अधिकारीले पर्राईको संस्कारलाई हामीले अवलम्बन गरेको बताउदै राखि बाधेको जनाएका छन् । आफु क्षेत्रीको छोरा भएको बताउदै आकाशले बाहुन क्षेत्रीले पाएको अधिकारको रक्षा गरेको व्यङ्ग्य गर्दै जनै समेत लगाएको जनाएका छन् । उनले सुरुमा पुरोहितबाट रक्षा बन्धन बाधेर त्यसपछि मात्र राखि बाँधेको जनाए । जनै त केही दिन मात्र काँधमा रहन्छ । उनले पनि नियमित जनै नलगाउने गरेको उल्लेख गरेका छन् ।


धार्मीक मान्यता अनुसार जनैको महत्व ब्यापक रहेको बताउने अर्का नायक राजबल्लभ कोइरालाले गएका केही वर्षमा जनै पुणिर्माका दिनमा पनि जनै नलगाएको बताएका छन् । तर चलचित्र मशानमा अभिनय गर्दा कृष्णबाजेको भुमिका निभाए पछि यसपटक जनै लगाउन मन लागेका कारण आज बिहानै उनले जनै ग्रहण गरेको जनाए । उनले जनै कति दिन सम्म रहन्छ भन्नेमा केही नबताए पनि जनै लगाएर जनैले बन्देज गरेका काम गर्न नसक्ने भएकाले लामो समय समम नरहने जनाएका छन् । उनले आज मामाकि छोरीको हातबाट राखि बाधेका छन् ।


यस्तै चलचित्र पर्राईको सुटिङ्गमा रहेका नायक निरक बरालले मन्दीरका पुजारीको हातबाट रक्षा बन्धन ग्रहण गरेका छन् । उनले पनि आज जनै त लगाए तर वर्ष भरीका लागी भने हैन । केही दिन पछि जनै झिकिन्छ होला भन्ने निरकले साँझ भने राखि पनि बाधने छन् । आफ्नो घर झापा भएको बताउने बरालले आफ्नो तिर राखि बाध्ने प्रचलन पहिला देखिनै भएको बताउदै आज बिहानै सुटिङमा आउनु परेकाले राखि बाध्न नपाएकाले बेलुका मामाकि छोरीको हात बाट राखि बाध्दैछन् ।


यता नायिका करिशमा मानन्धर आज माइतिमा छन् । आफ्नो संस्कार अनुसार चाड पर्वमा माइतिले खाना खान बोलाउने चलन भएकाले आज माइति पुगेको उनले बताएकी छन् । उनले आफुले राखि नबाध्ने बताउदै रक्षा बन्धन भने बाधेको जानकारी दिएकी छन् । रक्षा बन्धले रक्षा गर्छ भन्ने बिशवासका साथ उनले रक्षा बन्धन बान्ने गरेको जनाएकी छन् । आज बाधेको रक्षाबन्धन लक्ष्मीपुजाका दिन गाइको पुच्छरमा बाँध्नाले बैतरणी नदी तर्ने धार्मीक मान्यता रहेको भए पनि सुटिङको क्रममा त्यसले असहज हुने हुदा जुन कुनै दिन खोल्न सक्ने उनको भनाइ छ । त्यसो त उनले आजको दिनमा विभिन्न नौथरी गेडागुडी भिजाएर बनाइएको विशेष क्वाँटी खाने चलन पनि बिर्सेकी छैनन् । आफुलाई क्वाटि बनाउने आउने बताउदै यि नायिकाले क्वाटिमा सानो र ठूलो केराउ, चना, भटमास, सिमी, मस्याङ, बोडी, मुँग र गुराँस मिसाइने जानकारी समेत दिएकी छन् ।


अर्की नायिका निशा अधिकारीले पनि आज रक्षा बन्धन बाधेकी छन् । पुरोहितको हातबाट रक्षा बन्धन बाधेकी निशाले राखि भने नबाध्ने जनाएकी छन् । आफुलाई क्वाटी बनाउन आउने बताउदै निशाले साँझमा मात्र क्वाटीको स्वाद लिने बताइन । हिन्दु धर्मालम्बीले काँचो धागोमा बेसार दलेर बनाइएको जनैलाई ज्ञानको धागोका रुपमा लिने गर्दछन् । जनैलाई यज्ञ पवित अर्थात यज्ञ शुत्र पनि भन्ने गरिन्छ । यस्तै आज रक्षा बन्धन बाध्नाले वर्ष भरी रक्षा हुने बिश्वास पनि छ ।