मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अष्ट्रेलियामा 'म तिम्रो भईसकें' को प्रिमियर

फिल्मीखबर, काठमाण्डौ, 2011/08/13

वान टाईम सिनेमा प्रालिको निर्माणमा बिकाश आचार्यले निर्देशन गरेको पछिल्लो चलचित्र 'म तिम्रो भईसकें' को प्रिमियर अष्ट्रेलियाबाट गरिने भएको छ । अष्ट्रेलियामा स्थापित संस्था सोलाङचरले यस चलचित्रको प्रिमियर गर्न लागेको हो ।

 

हाल काठमाण्डौको महाराजगञ्ज स्थित रेड स्टुडियोमा पोस्टप्रोडक्सनको कार्य भईरहेको सो चलचित्रलाई सोलाङचरले सेप्टेम्बरमा प्रिमियर गर्नेछ । यस अघि बिकाश आचार्यकै चलचित्र 'नाइ नभन्नु ल' लाई अष्टेलियामा रेगुलर शो गरेको सोलाङचरले यस चलचित्रको प्रिमियर डेट भने फिक्स गरिएको छैन । अष्ट्रेलियामा प्रिमियर गर्ने तयारीमा रहेका निर्देशक आचार्य अहिले चलचित्रको प्राबिधिक कार्यलाई तिब्र रूपमा अगाडी बढाएका छन् । हाल चलचित्रको अन्तिम प्राबिधिक काम कलरकरेक्सन भईरहेको निर्देशक आचार्यको भनाई छ ।

 

अष्ट्रेलियामा प्रिमियर गरिने सो चलचित्र नेपालमा भने दशैंको अवसरमा सार्वजनिक हुँदैछ । नेपालीहरूको महान पर्व दशैंको अवसर पारेर चलचित्र 'म तिम्रो भईसकें' मोफसलका सिनेमा घरहरूमा लाग्ने छ । विकास आचार्यको लेखन, निर्माण तथा निर्देशन रहेको सो चलचित्रमा जीवन लुईटेल, ऋचा सिंह ठकुरी, अयुब केसी, बिज्ञान सापकोटा, उत्तम केसी, रामकृष्ण बजगाईं लगायतका कलाकारहरूले अभिनय गरेका छन् ।

 

खुसीको कुरा त यो छ कि नेपालमा रेड क्यामेराले खिचेको चलचित्रमा रिलिजको हिसाबले यो पहिलो चलचित्र हुनेछ । यस अघि रेड क्यामेराले चलचित्र 'काठमाण्डू' खिचेको भए पनि रिलिजको हिसाबले यो नै पहिलो चलचित्र हुनेछ । यस चलचित्रलाई शम्भु सापकोटाले खिचेका हुन् । चलचित्रमा बसन्त सापकोटाको संगीत, कविराज गहतराजको नृत्य तथा हिमाल केसीको द्वन्द रहेको छ । चलचित्रको फिल्मीखबर डटकम मिडिया पार्टनर रहेको छ ।