सरकारले हरेक क्षेत्रमा महिलालाई ३३ प्रतिशत आरक्षण गरेपछि नायिकाहरुले पनि ३३ प्रतिशत मात्र लुगा लगाउन थालेका छन् । नायिका देखा थापाको नेतृत्वमा शुक्रबार बालुवाटारमा बसेको नायिकाहरुको बैठकले सरकारले गरेको निर्णयको स्वागत गर्दै अव ३३ प्रतिशत मात्र लुगा लगाउने सहमति गरेको छ ।
नायिकाहरुको सो भेलाले कोही नायिकाले ३३ प्रतिशत भन्दा बढी लुगा लगाएमा उसलाई दक्षिण पन्थीको आरोप लगाउदै देशद्रोहको मुद्धा चलाउने निर्णय समेत गरेको छ । नायिकाहरुको यो निर्णय पछाडी नायिका श्रीमानहरु भने तनाबमा परेका छन् । प्राप्त जानकारी अनुसार नायिकाहरुले ३३ प्रतिशत मात्र लुगा लगाउदा अरुले सहजै उनिहरुका अंग प्रत्यङ्गहरु देख्ने हुदा गोपनियता भङ्ग हुने नायिका पतिहरुको चिन्ता छ ।
नायिकाको निर्णय सार्वजनिक भए लगत्तै सामुहिक अवधारणा बनाउन बसेको नायिका पतिहरुको र्सवपक्षिय भेलाले नायिका देखाका पति बेबी ओझाको नेतृत्वमा ३३ प्रतिशत अधिकार खारेज गरी सत प्रतिशत अधिकार प्रदान गर्न माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ । उक्त निर्णय सार्वजनिक भए लगत्तै देखाको फोन रिसिभ गरेका ओझाले आफुलाई अझै केही वर्ष बाच्ने आश भएको बताउदै संयोजक पदबाट राजीनामा दिएका छन् ।
त्यस लगत्तै युवालाई नेतृत्व प्रदान गर्ने भन्दै अबिवाहीत तर नायिका झुस्मा कार्कीका प्रेमी दुरदर्शन काकालाई संयोजक तोकीएको छ । तर उनले पनि नायिका झुस्माले शत प्रतिशत लिन नमान्ने भन्दै राजीनामा दिए पछि अहिले नायिका पतिहरुको गोप्य बैठक बसिरहेको छ । एक बिश्वस्त श्रोतले दिएको जानकारी अनुसार अब नायिको सुरक्षा जिम्मा प्रहरीलाई लगाउने भन्ने निर्णय गरिंदै छ ।
यता नायिकाको सुरक्षा जिम्मा पुलिसलाई दिने हो भने आफु राजनिती छाडेर पुलिसमा भर्ति हुन तयार रहेको देखा थापाका डान्स जोडी ख्रचण्डले बताएका छन् । त्यसो त नायिकाहरुको आज आकस्मी बैठक बसेको छ । उनिहरुले पतिहरुले आफ्नो स्वतन्त्रतामा दमन गरेको निर्णय गरी भरे बेलुकी एउटै बिस्तारामा नसुत्ने जनाएका छन् । उनिहरु एउटै बिस्तारामा सुते नसुतेको अनुगमन गर्न भने नायक जुवन केसीको नेतृत्वमा एक सदस्यिय टोलि गठन गरीको छ ।