केही दिन अघिमात्र नायिका सञ्चिता लुइटेलले आफ्नो ठुलो भूँडी सहितको तस्विर सार्वजनिक गरिन् । त्यो लगत्तै अर्की गर्भवती नायिका अरुणिमा लम्सालले पनि आफुले ८-९ महिना पुगेपछि त्यस्तै तस्विर सार्वजनिक गर्ने बताईन् । तर नायिका अरुणिमा लम्साललाई उछिन्दै महानायक राजेश हमालले आफ्नो पेटमा १८ महिनाको बच्चा रहेको भन्दै गर्भावस्थाको तस्विर सार्वजनिक गरेका छन् ।
बिहे नै नगरिकन बुढो भएका महानायकले कस्को बच्चा कहिले बोके त्यो त उनैलाई थाहा होला तर त्यो बच्चाको जिम्मा भने नायिका ऋचा घिमिरेले लिनु पर्ने हमालको भनाई छ । हमालले आफुले पेट बोक्नु अगाडी नै ऋचाले 'ब्रेक फेल' नामको बच्चा जन्माउने भनेको बलियो आधार पेश गदै उक्त बच्चाको सम्पूर्ण जिम्मा ऋचाले लिनु पर्ने जनाएका छन् ।
वर्ष दिन अघि निर्देशक शंकर घिमिरेसँग बिवाह गरेकी ऋचाले अब हमालको बच्चाको जिम्मा लिनुपर्ने भएपछि निर्देशक पति शंकर घिमिरेले महानायक बिरुद्ध प्रहरीमा उजुरी दिएका छन् । आफ्नी श्रीमती ऋचाको बच्चा बोकेको भन्दै उनले गर्भपतन गराउन राजेशलाई दबाब दिएका थिए । तर राजेशले जसरी पनि उक्त बच्चालाई जन्माई छाड्ने बताए पछि तनाबमा परेका शंकरले आफ्नो सम्पतिमा महानायकले आँखा गाडेको भन्दै श्रीमती र सम्पतिको रक्षाका गरिदिन भन्दै प्रहरीमा उजुरी दिएका छन् ।
उनको उजुरीको आधारमा प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा ऋचाले महानायकलाई जवरजस्ती करणी गरी पेट बोकाएको खुल्न आएको छ । प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको तथ्यहरु सहित प्रहरीले अभियुक्त ऋचाका बिरुद्ध जिल्ला अदालतमा मुद्धा दायर गरेको छ । यसरी ऋचा र हमालको केश अदालत सम्म पुगे पछि मुद्धाको सुनुवाई गर्दै न्यायधिशले महिलाले पुरुषलाई बच्चा बोकाउदा कारबाही गर्ने कानुन नभएकाले हमालले ऋचालाई जवरजस्ती करणी गरी साटो फेर्न पाउने फैसला गरेका छन् ।
अदालतको यो फैसलाबाट झनै तनाबमा परेका ऋचा पति शंकरले अदालतको फैसलाको सम्मान गर्ने बताउदै महानायकले ऋचालाई करणी गर्नु अघि नै आफुले उनलाई गर्भवति बनाउने घोषणा गरेका छन् । शंकरले ऋचालाई कहिले गर्भवती बनाउछन् त्यो त थाहा भएन तर महानायकले भने ऋचाको बच्चा 'ब्रेक फेल' लाई भाद्र १६ गते जन्माउने मिती तय भै सकेको छ ।
तस्विर : साप्ताहिक