मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र क्षेत्रको खाट्टी गाईजात्रा

बिष्णु सुवेदी, काठमाण्डौ, 2011/08/14

अहिले देशमा वर्षै भरी दर्शकलाई पेट मिचिमिचि हँसाउने कलाकाररुले गाईजात्रे सप्ताह मनाई रहेका छन् । बिभिन्न स्थानमा आयोजना गरिएका यस्ता कार्यक्रमहरु हेर्न दर्शकले मोटो रकममा टिकट किन्नु पर्दछ । तर चलचित्रर्मीहरुले भने वर्षै भरी नि:शुल्क गाईजात्रा देखाइरहेका छन् । नेपाली चलचित्रकर्मीहरुले देखाएका केही गाईजात्राहरु यहाँ उल्लेख गरिएको छ ।

 

नायक निखिल उप्रेतीको गाईजात्रे प्रहसन भने माया प्रेम र बिवाहसँग जोडीएको छ । निखिलको प्रहशनमा उनलाई साथ दिदै वास्तविक जीवनको पर्दामा देखिनेहरुमा कोपिला उप्रेती र नायिका सञ्चिता लुइटेल छन् । उनको प्रहशन आज भन्दा १८ वर्ष अगाडीबाट अहिले सम्म नै जारी छ । बिचमा केही वर्ष रोकीए जस्तो देखिए पनि गत वर्ष देखि चर्चाको चुलिमा छ उनको प्रहशन । प्रहशनको सुरुवात कोपिलासँगको प्रेमबाट भएको हो र त्यो प्रहशनलाई सशत्त बनाउन थपिएकी पात्र हुन् नायिका सञ्चिता लुइटेल । निखिललॆ कोपिलासँग बिवाह गरे र बच्चा पनि जन्माए । तर त्यतिले मात्र पुगेन उनले सञ्चितासँग पनि बिहे गरे र दर्शकहरुलाई पेट मिचिमिच हँसाए । त्यति मात्र कहाँ हो र उनले अहिले सम्म सञ्चिता आफ्नी श्रीमति भनेर कहिल्यै मुख फोरर बोलेका छैनन् । आखिर उनको यो गाईजात्रे प्रहशन कहिले सम्म ?

 
यता रक्सिको साथमा गाईजात्रा देखाउनेहरु पनि धेरै नै छन् यहाँ । निर्देशक दयाराम दहालले रक्सि छोडेको बताए पनि कोकको बोतलमा रक्सि राखेर सुटिङ स्पटमै खाने गरेका छन् । उनको यो गाईजात्रा कहिले सम्म ? अनि नायक आर्यन सिग्देलले मदिरासँग डिर्भोस गरेको बताउदै हिडे । त्यसको केही समय लगत्तै रक्सि खाएर डिस्कोमा मोडल बेबीलाई खुलेआम किस गरे । आखिर रक्सि छोडेको भन्ने गाईजात्रा किन ? त्यति मात्र कहाँ हो र उनले कहिले को नायिका त कहिले को नायिकासँग फिल्म खेल्दीन भनेर अर्को गाईजात्रा देखाए । अहिले त उनले निर्देशक, लेखक सबै सिफारिश गर्न थालेका छन् । आर्यन जी यस्तो गाईजात्रा कहिले सम्म ?
 
महानायक राजेश हमालको गाईजात्रा पनि महान नै छ । उनले बिबाह र चलचित्र नामको दुई वटा प्रहशन देखाई रहेका छन् । उनको बिवाह नामको प्रहशनले कहिल्यै मुर्त रुप लिन सकेको छैन । बिबाह गर्ने भनेको पनि धेरै भयो । तर उमेरले नेटो काट्ने बेला सम्म पनि कुनै केटीले नपत्याए पछि महानायकलाई अति भएछ आफ्नो गर्लफ्रेन्ड छ भन्ने हल्ला मच्चाए । तर अहिले सम्म गर्लफ्रेन्ड को हो बताउन सकेका छैनन् । महानायकको प्रेम नामको गाईजात्रे प्रहशन पनि गज्जवकै छ । उनले रियल लाइफमा बिहे गर्न नसकेको झोकमा एउटा चलचित्रको प्रिमियरमा नायिका सुमिनालाई दुबोको माला पहिर्याइदिए । सबै दर्शकले सोचे महानायकले बिहे गरेछन् । हमाल जी ! आखिर दर्शकलाई नै झुक्काउने यस्तो गाईजात्रा कहिले सम्म ? त्यति मात्र कहाँ हो र अर्को प्रहशन त झन् रमाइलो छ । उनले चलचित्र निर्देशन गर्छु भनेको पनि धेरै नै भयो । बहाना बनाउने राजेशले अहिले सम्म निर्देशन गर्नै सकेका छैनन् । हुँदा हुँदा अहिले त ज्योतिषिलाई दोष दिदै ३ वर्ष निर्देशक गर्न नहुने बताउन थालेका छन् । महानायक जी अब यस्तो गाईजात्रा बन्द गर्ने हो की   ?
 
 
कहिले प्रचण्डसँग बिच बाटोमा नाचेर त कहिले आफू अबिबाहित भनेर अनि कहिले दर्शकले नै नपचाउने छोटा कपडा लगाएर गाईजात्रा देखाउँदै आएकी नायिका रेखा थापाको पारा पनि अचम्मकै छ । कहिले बिराज भट्टसँग नजिकिने र टाढिने त कहिले आर्यनसँग लप्पक्कै भए पछि पानी बाराबार गर्ने रेखाको गाईजात्रा पनि हेर्न लायककै छ ।
 
सम्बन्धकै कुरा गर्दा केहि बर्ष अगाडी नायक निखिल उप्रेती र निर्देशक सुरेश दर्पण पोखरेलको सम्बन्ध नङ र मासुको जस्तै थियो । तर जब निखिलले सञ्चितालाई काखी च्यापे त्यसपछि सुरेश पनि के कम निखिललाई छोडि दिलिपलाई साथी बनाए । निखिलकै चलचित्र 'निशाना' बाट डेब्यू गरेका सुरेशले अहिले दिलिपको चलचित्र 'मिस यू' निर्देशन गरेका छन् । निखिललाई छोडेर दिलिपसँग नजिक भएको कुरा त ठिकै थियो । रमाईलो कुरा त यो छ कि 'मिस यू' कि नायिका नम्रता र सुरेशको सुटिङका बेला सम्बन्ध सार्‍है नराम्रो भएको सुनियो । सुरेशले नम्रताले भावनात्मक सहयोग नगरेको आरोप पनि लगाए तर अहिले यि दुई निकै मिल्ने साथी जस्तै बनेका छन् । उनीहरूले आफ्नो सम्बन्धलाई नङ र मासुको उदाहरण दिन पछि पर्दैनन् । यिनको गाईजात्रा पनि कहिले सम्म ?
 
 
निर्देशक शोभित बस्नेत र नायिका रेजिना उप्रेतीले बिगत केही वर्ष देखि गाईजात्रा देखाई रहेका छन् । उनिहरु कहिले चलचित्र हल मै कुटाकुट गर्दछन् त कहिले रेडियोमा अन्र्तवार्ता दिने क्रममै गाईजात्रा देखाउछन् । अनि कहिले आफुहरु एक अर्काको पुरक भएको आभास गराउने गरी कुम जोडेर हिडछन् । आखिर यिनिहरुले यो जात्रा कहिले सम्म देखाउने हुन कुन्नी  ? 
 
विजया केसीसँग सम्बन्ध बिच्छेद गरेर दोस्रो श्रीमतीको रूपमा सुस्मिता केसीलाई भित्र्याएका नायक भुवन केसि पनि गाईजात्रे नायक बनेका छन् । सुस्मितासँग सम्बन्ध जोड्ने र तोड्ने गरेका भुवन अहिले उनीबाट अलग छन् । सुस्मिताबाट अलग भएपछि सर्मिला डंगोलसंग पनि उनको नाम जोडियो । यति मात्र हैन उनको नाम थुप्रै नायिकासँग पनि नजोडिएको हैन । नाम जोडियो यति सम्म त ठिकै थियो तर प्रेमिका भनिएकी सर्मिलाका पतिले बिच बाटोमा नै कुटेपछि उनको अर्को रमाईलो गाईजात्रा देखियो । भुवनले कुटाई खाए पनि सञ्चार माध्द्यममा कुटाई नखाएको दाबी गरे । भुवन जि यो तपाईंको गाईजात्रा कहिले सम्म ?
 

काम भन्दा बढि गफै गरेर खान पल्केका चलचित्रकर्मीहरू अहिले त झन् राजनैतीक पार्टी भित्र जाने र निस्कने गर्दै रमाईलो गाईजात्रा प्रस्तुत गरिरहेका छन् । सानो उधोग तर च्याउ उम्रे झैं उम्रेका छन् यहाँ संघसंस्थाहरू । यस उधोगमा करिब दुई दर्जन संघसंस्थाहरू छन् तर सक्रिय संघसंस्था भने एउटा हातको औलामा पनि अटाउँदैनन् । कोही माओवादीमा प्रवेश गरेका छन् त कोही एमालेम अनि कोही कांग्रेसमा । कलाकार कोही राजनैतिक पार्टिको नभएर सम्पूर्ण जनताको भनिन्छ । यो कुरा जान्दा जान्दै पनि किन उनीहरूले गाईजात्रे बनेका छन् बुझ्न सकिएको छैन ।

 
हुन नसकेको नेपाली चलचित्र उद्योग सानो छ भनेर कस्ले भन्छ ?  यदि सानो हुन्थ्यो भने कसरी वर्षमा ७०-८० चलचित्र उत्पादन गर्न सक्छ ? तर यसमा काम गर्ने निर्माता निर्देशक तथा प्राबिधिकको पदमा बस्नेले नै कमसल चलचित्र उत्पादन गरेपछि बिचरा उद्योगको के दोष ? हुन त चलचित्र उद्योग बिज्ञापन गर्न अगाडी नै छ । महानायकले किरा भएको जुसलाई किरा छैन भने झै हाम्रा निर्माता निर्देशक पनि आफ्नो चलचित्रलाई गुणस्तरीय भन्छन् । तर सुकेको नरिवल जस्तै छ चाला । बाहिर बोक्रो भित्र खोक्रो । आलु खाएर पेडाको धाक लगाउने त चलचित्रकर्मीहरुको चलन नै छ । कुरा गर्दछन् करोडको तर चलचित्र हेर्दा ४० लाखमा पनि नबनेको जस्तो देखिन्छ । हुन त चलचित्रकर्मीले जति धाक लगाए पनि दर्शकले पत्याउ पर्र्यो नी ! चलचित्र चलेको पर्सि पल्ट हल खालि हुन्छ र पनि चलचित्र चलेको भन्दै गाईजात्रा देखाउन चाही पछि पर्दैनन् हाम्रा चलचित्रकर्मी । 
 
यि त नमुना मात्र हुन् । चलचित्रकर्मीहरुले दिनानु दिन गाईजात्रा देखाई रहेका छन् । त्यसैले यिनिहरुका सबै गाईजात्रा लेख्न थाल्ने हो भने त एक दिनले कहाँ पुग्छ र ? संबिधान सभामा रहेका ६०१ सभासदले दिन दिनै गाईजात्रा देखाए झै हामीले पनि दिन दिनै गाईजात्रे समाचार लेख्नु पर्ने हुन्छ । त्यसैले अब यस्तो गाईजात्रा बन्द गर्ने हो की !