निर्देशक बिमल पौडेलले निर्देशन गरेको चलचित्र 'किसान' प्रदर्शनको क्रममा छ । किसानको कथालाई मुख्य कथाबस्तु बनाएर निर्माण गरिएको सो चलचित्रलाई निर्देशक पौडेलले गाउँ गाउँ पुर्याउने बताएका छन् ।
किसानको घुम्ति अभियानमा लाग्ने भन्दै निर्देशक पौडेलले किसान चलचित्र हरेक किसानले हेर्नुपर्ने भएकाले पनि यस्तो गर्न लागेको बताए । नेपालका पिछडिएका गाउँ गाउँमा आफै उपस्थित भएर चलचित्र प्रदर्शन गर्ने उनको योजना छन् । चलचित्र प्रदर्शनका लागि आँफैले साउन्ड सिस्टम, प्रोजेक्टर समेत लिएर जाने पौडेलले बताए । हरेक नेपालीलाई नेपाली चलचित्र हेर्ने बानि बसाल्न पनि यस्तो गर्न लागेको निर्देशकको भनाई छ । चलचित्रको घुम्ति अभियानको शुरूवात सिन्धुपाल्चोकको चौताराबाट गरिने भएको छ ।
बसन्त कुमार श्रेष्ठ र संजिव प्रधानले निर्माण गरेको सो चलचित्रमा राजेश हमाल, मौसमी मल्ल, नन्दिता केसी, नीता ढुंगाना, बिमल पौडेल, राजेश ढुंगाना, चेतन सापकोटा, निर शाह, राहुल केसी लगायतले अभिनय गरेका छन् । चेतन सापकोटाको संगीत रहेको उक्त चलचित्रमा राजु केसीको छायांकन रहेको छ । चलचित्रको छायांकन चितवनको मंगलपुरमा छायांकन गरिएको हो ।
मिति : २०८१ मंसिर ११, मंगलवार
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-
किसानको घुम्ति अभियान
फिल्मीखबर, काठमाण्डौ, 2011/08/15
- दयाहाङ र जितुमा को हुन् ‘कार्साङ’ ?
- ‘सारङ्गी’ विरुद्ध बौद्धिक सम्पत्ति चोरीको आरोपमा उजुरी
- विपिन र मिरुना स्टारर ‘ऊनको स्वीटर’ बैशाख २६ लाई निश्चित
- सौगातको ‘बम बहादुर’ पुष ५ मा आउने, यस्तो छ टिजर
- ‘एक्टिङ स्टार’का विजेताले फिल्म खेल्न पाउने
- ‘कल्ली’का निर्देशकलाई पलको चुनौती- ‘प्रमाण छ भने कसले मसँग काम गर्न मानेन भन्नुस्’
- डबल ह्याट्रिकपछि अब ‘पहाड’मा विपिन र वर्षा
- फेरि सर्यो पल र दीपिकाको ‘मायावी’, अब महाशिवरात्रिमा
- गरिमा शर्मा : ‘लण्डन टू पेरिस’मा कमजोर, ‘ह्रस्व दीर्घ’मा झिनो सुधार
- बक्स अफिसमा ‘तेल भिसा’ औसत, ‘अग्निदहन’ नाजुक