अन्तत: चलचित्र 'ब्ल्याक मेल' बाट नायक आर्यन सिग्देल निकालिएका छन् । चलचित्र 'ब्ल्याक मेल' मा नायिका निशा अधिकारीसँग नखेल्ने भन्दै चर्चामा आएका यि नायकले चलचित्रका निर्माता बाहेक अरु सम्पूर्ण टिम नै परिवर्तन गर्ने प्रस्ताव राखेपछि उनि आफै निकालिएका हुन् ।
नायिका छनौट गर्दा सम्म चुप लागेर बसेको युनिटले आर्यनले अति नै गर्न थाले पछि निकालि दिएको निर्माता शरद अधिकारी बताउँछन् । सुरुमा नायिका त्यसपछि निर्देशक, पोडक्सन म्यानेजर हुँदै स्क्रिप्ट राइटर सम्म परिवर्तन गर्न लगाउने नायक आर्यनलाई नै निर्माताले निकालि दिएका हुन् । आर्यनको बानिबाट दिक्दार भएका निर्माताले सो दिक्दारीबाट मुक्त पाउन यस्तो गरेको बताउँछन् ।
६ लाख पाँच हजार रुपैयाँमा आर्यनलाई आफ्नो चलचित्रमा अग्रिमेन्ट गरेका निर्माता अधिकारीले ३ लाख ५ हजार ५ सय रुपैयाँ साईनिङ अमाउन्ट स्वरूप दिएका थिए । तर आर्यनलाई चलचित्रबाट निकाले पछि २४ घण्टे अल्टिमेटम दिएर साईनिङ अमाउन्टको पैसा फिर्ता मागे । आर्यनले भनेको समयमा नतिरे पनि तीन दिनको दिन सम्पूर्ण रकम फिर्ता दिएको निर्माताको भनाई छ । आर्यनले सो रकम फिर्ता दिएपछि उनको स्थानमा पछिल्लो समयमा व्यस्त नायक जीवन लुईटेललाई सोही रकममा अग्रिमेन्ट गरिएको निर्देशक मधुसुदन भट्टराईले बताए । उनले भने, 'आर्यनलाई जति रकममा अग्रिमेन्ट गरिएको थियो त्यहि रकम दिएर जीवनलाई अग्रिमेन्ट गरिएको छ ।'
सुरुमा जीवन लुईटेललाई लिने बताएको निर्माण पक्षले उनको समय नमिल्दा आर्यनलाई ६ लाख पाँच हजारमा अनुबन्धन गरेको थियो । आर्यनको ज्याजती सहन नसके पछि युनिटले जीवनलाई सोही रकम दिएर अग्रिमेन्ट गरेको हो । आर्यनले आफूले नै चलचित्र छोडेको बताए पनि फिल्मीखबरले स-प्रमाण आर्यनलाई निकालेको खबर प्रकाशित गरेको हो ।
चलचित्र 'ब्ल्याक मेल' मा काम गर्न लागेको भएर होला बिना ब्ल्याक लेबल सिटिङमा नबस्ने आर्यनलाई युनिटले के के कारणले निकाल्यो भन्ने कुरा बुँदागत रूपमा तल प्रस्तुत गरिएको छ -
- चलचित्रको बारेमा छलफल गर्न बस्दा ब्ल्याक लेबल वा सो भन्दा माथिको रक्सि खुवाउनु पर्ने
- नायिका देखि कलाकार, निर्देशक, लेखक तथा प्राबिधिक सबै परिवर्तन आर्यनकै सिफारिसमा राख्नु पर्ने
- चलचित्रको स्क्रिप्ट फाईनल गर्न राम्रै होटलमा जानु पर्ने
- अग्रिमेन्ट गरेको भन्दा बढिको रकम उनको खानपानमा खर्च गर्नु पर्ने
- बेला बेला जिउ जिउ गरिरहनु पर्ने ... आदी ।
नायक आर्यन पछिल्लो समयका व्यस्त नायक भए पनि नयाँ निर्माताहरू उनीबाट पिडित हुनु परेको 'ब्ल्याक मेल' का निर्माता अधिकारीको भनाई छ । उनी भन्छन्, 'म त आर्यनबाट टाढा बसि सकेको छु । नयाँ निर्माताहरू पनि उहाँबाट सजग हुनु होला ।' अब आर्यनले निशुल्क आफ्नो चलचित्रमा काम गर्छु भने पनि नलिने यि निर्माताको भनाई छ । उनका अनुसार आर्यनलाई चलचित्र 'ब्ल्याक मेल' अभिनय गराउन खोज्दा निम्न चलचित्रकर्मीहरूलाई ध्यान दिनु पर्यो । अर्थात उनले निम्न चलचित्रकर्मीलाई लिन हुने र नहुने बताए ।
लिन हुने लिन नहुने
निर्देशक: सुदर्शन थापा निर्देशक: मधुसुदन भट्टर्राई
नायिका: शुष्मा कार्की नायिका: रेखा थापा, निशा अधिकारी
स्कृप्ट राइटर: प्रदिप भारद्धाज स्कृप्ट राइटर: शिवम अधिकारी
नायक: भुपेन चन्द नायक: जीवन लुईटेल, बिराज भट्ट, आयुष रिजाल
प्रोडक्सन डिजाईनर: सुरज आचार्य प्रोडक्सन डिजाईनर: अरूण रेग्मी
माथिका चलचित्रकर्मी त 'ब्ल्याक मेल' चलचित्रको सन्दर्भमा आएका हुन् । अब अन्य निर्माताले उनलाई लिंदा अझै को-को चलचित्रकर्मिलाई सिफारिस गर्ने हुन् त्यो हेर्न बाँकी नै छ । कुनै पनि कलाकारले निर्देशक, लेखक तथा प्राबिधिक परिवर्तन गरेको सुन्नु भएको छ ? पक्कै पनि नेपाली चलचित्रको ४ दशक यात्रामा यस्तो घटना पहिलो पटक नै हो । यस्तो काम गर्नेलाई के भन्ने ? यस अघि आर्यनले नायिका निशासँग काम गरिन भनेको सत्य कुरालाई फिल्मीखबरले प्रकाशित गर्दा पनि उनले फिल्मीखबरलाई पित पत्रकारिताको आरोप लगाएको कुरा सबलाई थाहा नै छ । अब के आर्यनको यो बानि पढे पछि तपाईलाई लाग्दैन कि आर्यनले पित कलाकारिता गर्दैछन् भनेर ?