मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बसुन्धरा राजनितिमा नआउने

फिल्मीखबर, काठमाण्डौ, 2011/08/15

नेपाली चलचित्र क्षेत्रमा कमेडी क्वीनको नाम पाएकी अभिनेत्री बसुन्धरा भुषालले रिसाए श्रीमानलाई फकाउन भन्दा हँसाउन सजिलो हुने बताएकी छिन् । ठूलो पर्दाको साथै सानो पर्दाको चलचित्रमा पनि उत्तिकै लोकप्रिय मानिने अभिनेत्री भुषालले आफ्नो हरेक सफलतामा श्रीमानको साथ रहेको भन्दै उनले श्रीमानलाई हँसाउन जत्तिकै रुवाउन पनि सजिलो हुने बताईन् ।

 

चलचित्रमा धेरै हँसाउने र रुवाउने भुमिका निर्वाह गरेकी यि अभिनेत्रीले श्रीमानको सहयोगी भावना मन पर्ने बताएकी छन् । उनी भन्छिन्, 'श्रीमानको सहयोग नपाएको भए मैले कलाकारिता जमानामा नै छोड्नु पर्थ्यो ।' नेपालमा निर्माण भएको पहिलो नेपाली चलचित्र आमाबाट सानो हाँस्य भूमिकाबाट चलचित्रमा प्रवेश गरेकी अभिनेत्री भुषाललाई ३० को दशकमा निर्माण भएको नेपाली सिनेमा सिन्दुरले हाँस्य कलाकारको रूपमा स्थापित गराएको हो ।

 

बिशेष गरी चलचित्रमा स्वर्गिय गोपाल राज मैनालीको जोडीको रूपमा बसुन्धरा भुषालको नाम नै अग्रपंक्तिमा आउँछ । नेपाली चलचित्रमा महिला हाँस्य कलाकारको नाम लिनु पर्दा बसुन्धरा भुषालकै नाम शुरूमा लिईन्छ । हाँस्य मात्र नभएर जस्तो पनि अभिनय गर्न सक्ने यि अभिनेत्रीलाई राजनितीमा भने चासो रहेनछ ।


आफ्नो ब्यक्तिगत स्वार्थ पूर्तीका लागी राजनिती गर्ने कलाकारहरु धेरै नै भएको र सक्रिय भएर कोही नलागेको भन्दै भुषालले आफू भने यो क्षेत्रमा कहिल्यै नलाग्ने बताईन् । कलाकार राष्ट्रको गहना भएको बताउँदै अभिनेत्री भुषालले कलाकार राजनितीबाट टाढा रहनु पर्ने बताईन् । राजनितीको ज्ञान राख्नु राम्रो भएको भन्दै कलाकार राजनितीक पार्टिकै झण्डा बोकेर हिंड्नु नराम्रो भएको उनले बताईन् ।