मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

टुट्दै नायिकाको बैवाहिक सम्बन्ध

फिल्मीखबर, काठमाण्डौ, 2011/08/16

बिबाह अगाडी प्रेमिप्रेमिकाहरुले एक अर्काका लागी आकाशका तारा झारिदिन्छु भन्छन रे अनि विवाह पछि दाँत झारिदिन्छु । सायद हाम्रा अधिकाँश नायिकको जीवनमा पनि दाँत झारिदिने कुरा हुन्छ कि कुन्नि प्राय: नायिकाको बिबाह सम्बन्ध बिचैमा टुटेको पाइएको छ ।


काँचको पर्दामा जस्तो आर्दशको जीवन जीउन नसकिने वास्तविकताको धरातलमा नायिकाहरुको जीवन पनि काँचको पर्दा जस्तै कमजोर देखिएको छ । उमेरसँगै चढ्दो बैंश, शारिरीक सौन्दर्य र चञ्चलताको त्रिवेणी मानिने नायिकाहरुको भाग्यको खेल हो वा पारिवारीक जिम्मेवारी बहन गर्न नसक्ने कमजोरीका कारण हो धेरै रुपसिहरूको वैवाहिक जीवन असफल भएको छ । यो समूहमा नायिकाहरु गौरी मल्ल, मौसमी मल्ल, सिर्जना बस्नेत, पूजा लामा, सिम्पल खनाल, सोनु थारू, सिरु विष्ट, पूजा चन्द, जल शाह, तृप्ती नाडखर, सुस्मिता केसी, प्रिया रिजाल, सोनिया मल्ल, सञ्चिता लुईटेल, रञ्जना शर्मा लगायतका रहेका छन् ।


नयाँ मात्र हैन पुराना र परिपक्क मानिएका नायिकाहरुको कथा पनि उस्तै छ । उनिहरुले पनि आफ्नो बैवाहिक सम्बन्धलाई निरन्तरता दिन सकेका छैनन् । कुनै जमानाकी चर्चित नायिका गौरी मल्लको २०५२ सालमा भएको प्रेमविवाह पनि अन्ततः असफल हुन पुग्यो । जापानमा बस्ने राजन भण्डारीसँग बिबाह गरी जोडीएको नाता केही वर्षमा नै बिच्छेद भयो । अर्की चर्चित नायिका मौसमी मल्लको त दोस्रो विवाह पनि टुटिसकेको छ । पहिलो पति धनबिक्रम मल्ल र दोस्रो पति रवि डङगोलसँग पनि छोडपत्र गरिसकेकी छन् । अहिले एकल जीवन बिताइरहेकी यि नायिकाले घरलु हिंसा सहँदै पारिवारिक जीवन बिताउनुभन्दा स्वतन्त्रता भएर जीउन उपयुक्त हुने बताएकी छन् ।

 

चलचित्र देउताबाट रङगिन दुनियाँमा आएकी सिर्जना बस्नेतले एकपटक भाग्य र अर्को पटक आफ्नै रोजाइसँग धोका खानु पर्‍र्यो । विजु रञ्जित सित वैवाहिक बन्धनमा बाँधिएकी कुनै समयकी यी चर्चित नायिकाले पतिको असामयिक निधन पछि निर्देशक सुरेन्द्र शाहलाई जीवनको सहारा बनाएकी थिइन् तर शाहले अर्को विवाह गरेपछि उनी पुनः एक्ली भएकी छन् । ग्ल्यामर फोटोग्राफर सुरज चन्दसँग विवाह गरेकी पूजा चन्द उनीसँग सम्बन्ध बिच्छेद गरेर अमेरिका गइन् । हाल उनले अमेरिका नै बस्ने एक नेपालीसँग अर्को बिबाह गरेकी छन् ।

 

नायक भुवन केसी र नायिका सुस्मिता केसीको बैवाहिक जीवन पनि असफल भयो । रमाइलो त के भने उनिहरुको जीवनमा दुई पटक सम्म जोडिने र तोडिने क्रम चल्यो । एक दशक अघि विराज लोप्चनसँग पारपाचुके गरेकी पूजा लामाले एक वर्ष अघि डिजे शिशिरसँगको सेक्स भिडियो क्लिप्स र्सार्वजनिक भए लगत्तै उनैसँग बिबाह गरिन् । तर यो बिबाह पनि एक महिना भन्दा बढी समय टिकन सकेन ।

 

पछिल्लो समय दुलही नामको चलचित्र निर्देशन गरेर चर्चामा आएका बाबुराम ढकाल र नायिका सिमा पनेरु ढकालको विवाह मुस्किलले पाँच वर्ष टिक्यो । नायिका सिम्पल खनाल र निर्देशक प्रशन्न पौडलको बिबाह सम्बन्ध पनि टिक्न सकेन । सिरु विष्टले पनि श्रीमानसँग सम्बन्ध बिच्छेद गरेर छोराका साथ एकल जीवन बिताएको एक दशक हुन लागिसकेको छ । थारू भाषी चलचित्रकी नायिका सोनु थारू भने गर्भवती बनेपछि पति प्रेम चौधरीले धोका दिएको बताउँछिन् । उनि पनि पछिल्लो डेड वर्ष देखि एकल जिवन बिताइरहेकी छन् ।


आकाश शाहसँग सम्बन्ध बिच्छेद गरेर नायक निखिल उप्रेतीसँग विवाह गरेकी भनिएकी नायिका सञ्चिता लुइटेल अहिले गर्भवती छिन् । यस्तै नायिका सुस्मीता कार्कीले गायक रोशन पराजुलीसँग २०६३ मा बिबाह गरे पनि उनिहरु दुई वर्ष पूरा नहुँदै अलग भए । विवाहको तीन वर्षै सम्बन्ध बिच्छेद गरेकी अर्की नायिका प्रिया रिजाल अहिले श्रीमान छोडी छोरा हुर्काउँदै छिन् । नायिका रञ्जना शर्मा र निर्देशक शयाम भट्टर्राईको बैबाहीक समबन्ध पनि सुखद रहेन । बिचमा केही समय सम्बन्ध बिच्छेदको नाटक गरेको यो जोडी पछिल्लो केही समय सँगै बसे पनि अहिले नायिका अमेरिकामा छिन् ।


जुनसुकै कारणले होस वैवाहिक जीवन टुट्नु राम्रो भने होइन । जुनि जुनि सँगै हुने कसम खाएका यि फिल्मी जोडी भने बिचैमा कसम तोड्दै छन् । आखिर किन यस्तो हुन्छ त ?