मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कुर्सी जोगाउन गोप्य छलफल

फिल्मीखबर, काठमाण्डौ, 2011/08/16

एक हातमा नियुक्ति पत्र लिदै गर्दा अर्को तर्फ राजिनामा पत्र तयार पारेको बताउने चलचित्र बिकाश बोर्डका अध्यक्ष गणेश भण्डारी अहिले भने राजिनामा दिन देखि डराएका छन् ।


प्रधानमन्त्री झलनाथ खानालले आफ्नो पदबाट राजिनामा दिए पछि राजनितिक नियुक्ति पाएका सम्पूर्ण निकायका पदाधिकारीहरुले नैतिक रुपमा राजिनामा दिने परिपाटी छ नेपालमा । अहिले प्रधानमन्त्रीले पदबाट राजिनामा दिए पछि राजिनामाको लागी नैतिक दवाव खेपेका बोर्ड अध्यक्ष गणेश भण्डारीले कुर्सी जोगाउन केन्द्रिकृत कार्यक्रम गर्ने भएका छन् । जसका लागी काठमाण्डौ बाहिर भएका बोर्डका सदस्य तथा आफ्ना सहयोगी चलचित्रकर्मीहरुलाई तत्कालै काठमाण्डौमा डाकेर मंगलबार साढे ५ बजे एक गोप्य बैठक बसेको श्रोतले जानकारी दिएको छ ।


भण्डारीले केन्द्रिकृत कार्यक्रम गर्नका लागी अहिले चलचित्र बिकाश बोर्ड, सेन्सर बोर्ड र चलचित्र हल अनुगमन समितीका सदस्यहरुका साथै आफ्ना निकटका केही चलचित्रकर्मीको बिचमा छलफल कार्यक्रम आयोजना गरेको सेन्सर बोर्डका सदस्य चेतन सापकोटाले स्विकार गरेका छन् । उनका अनुसार नौ दिन सम्म पूर्वका हलहरुको अनुगमन सकेर पश्चिमका हलहरुको अनुगमन गर्न पोखरा जादै गरेको अनुगमन समितीलाई समेत बोर्ड अध्यक्षले बोलाएका कारण समिती दमौलीबाट नै काठमाडौ फर्किएको छ ।

 

पूर्वमा हल अनुगमनको प्रभाव राम्रो रहेको बताउदै सदस्य सापकोटाले फिल्मीखबरले अब पश्चिमका हलहरुको अनुगमन गर्न टोलि पश्चिम लागेको समाचार प्रकाशन गरेपछि पश्चिमका हलहरुले सरसफाइका साथै अन्य कुरामा ध्यान दिएको खवर आफुले पाएको जनाएका छन् । अहिलेका लागी स्थगित गरिएको हल अनुगमन कार्यक्रम अबको राजनितिक अवस्था हेरेर केही दिन पछि फेरी सुरु गरिने छ ।


यता बोर्डका अध्यक्षले भने तत्काल १०-१२ दिनमा नै रिजल्ट देखिने गरी काठमाण्डौ केन्द्रिकृत कार्यक्रम गर्न लागेका छन् । यस बारेमा उनीसँग थप जानकारी लिन खोज्दा सर्म्पर्क हुन सकेन । तर एक स्रोतले दिएको जानकारी अनुसार अहिले सम्मको आफ्नो कार्यकालमा उल्लेख्य कार्यक्रमहरु गरेको निस्कर्ष लिकालेका भण्डारीले त्यहि कुरालाई आजको बैठकबाट पनि पारित गराउन सक्ने सम्भावना प्रवल देखिएको छ । उनले उक्त कुरालाई आधार मानेर आफ्नो कुर्सीको आयु लम्बाउन चाहेको जस्तो देखिएको छ ।


जुन सुकै क्षेत्रमा राजनितिक नियुक्ति हुने र सरकारसंगै नेतृत्व फेरिने परम्पराका कारण कुनै पनि नेतृत्वले आफुले अगाडी सारेका कार्य योजनालाई मूर्त रुप दिन सकेका छैनन् । अहिले छोटो समयमा राम्रो काम गरेका भण्डारीको कुर्सीको आयु सरकारको राजिनामासंगै नसकियोस् हाम्रो शुभकामना !