मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

धरानमा पलको च्यारिटी

अर्पण ढकाल, धरान, 2011/08/16

चलचित्र विकास बोर्डबाट बिशेष चलचित्रको घोषणा गरिएको चलचित्र 'पल' को धरानमा सोमबार च्यारिटी शो गरिएको छ । नेपाल जेसिसको संयोजन र धरान जेसिसको आयोजनामा धरानको गणेश टाकिजमा चलचित्रको च्यारिटी गरिएको हो ।

 

देशका विभिन्न ठाउँहरुमा यसअघि जेसिस कै पहलमा च्यारिटी शो भैसकेको चलचित्र 'पल' को पूर्वमा भने हिजो पहिलो पटक प्रदर्शन गरिएको थियो। धरान पछि अब टंकिसिनवारी ,बिराटनगर, दमक लगायतका स्थानहरुमा च्यारिटी हुने भएको छ । चलचित्र हेर्नको लागि धरानका पत्रकार, व्यवसायी, जेसिस प्रतिनिधि, विद्यार्थी एवं आम दर्शकको ठुलै भिड हलमा जम्मा भएको थियो ।

 

चर्चित लेखक एवं पर्यटन व्यवसायी कर्ण शाक्यको निर्माण एवं लेखन रहेको पल हेरिसके पछि धेरैले चलचित्र फरक एवं सन्देश मुलक बनेको प्रतिक्रिया दिएका थिए । एकै कथालाई सुरुमा नकारात्मक र पछि सकारात्मक रुपमा प्रस्तुत गरिएको चलचित्र वर्तमान चलचित्रको मुलधारबाट अलग्गै रहेको अधिकांशले बताएका छन् । छोटो समयको तयारिमै गरिएको च्यारिटी शो सफल भएको  कार्यक्रमका संयोजक प्रेम शाक्यले बताए । च्यारिटीबाट उठेको ६० % मुनाफा निर्मातालाई र ४० % संस्थाको कोष बृदि तथा सामाजिक कार्यमा खर्च गर्ने निर्माता शाक्यले जानकारी गराए ।


गोपीकृष्ण मुभिज र बुद्धमाया प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई रमेश बुढाथोकीले निर्देशन गरेका छन्हुन् । चलचित्रमा राजबल्लभ कोइराला, निशा अधिकारी, अनुप बराल, तृप्ति नाडकर, करिश्मा मानन्धर लगायतको अभिनय रहेको छ ।