मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आगामी शुक्रबार तीनको भिडन्त

फिल्मीखबर, काठमाण्डौ, 2011/08/17

बिगतका दिनहरूमा जस्तै आगामी शुक्रबार अर्थात भाद्र २ गते पनि तीन चलचित्र एकसाथ रिलिज हुने भएका छन् । बसन्त कुमार श्रेष्ठले निर्माण गरेको सपना, मुनाल घिमिरेले निर्माण गरेको श्रीमान श्रीमती र केदार पराजुलीले निर्माण गरेको चलचित्र सौभाग्य एकै दिन रिलिज हुन लागेका हुन् ।

 

प्रदिप श्रेष्ठको निर्देशनमा बनेको चलचित्र सपनामा राजेश हमाल, आर्यन सिग्देल, नन्दिता केसी, अर्जुन कार्की लगायतले अभिनय गरेका छन् । हरि बरालको समेत लगानी रहेको सो चलचित्र प्रेमकथाको साथमा एक्सन प्रधान रहेको छ । अहिलेका दुई चर्चित नायक मानिएका हमाल र सिक्देललाई लामो समय पछि दर्शकले पर्दामा देख्न पाउने भएका छन् । यस अघि हमाल र सिग्देल श्याम भट्टराईले निर्देशन गरेको चलचित्र मौसममा एकसाथ अभिनय गरेका थिए । चलचित्र सपनालाई सपना नाम भएका महिलाहरूले परिचय पत्र देखाएका एक साता भित्र निशुल्क हेर्न पाउने भएका छन् ।
 

राजेश हमाल, आयुष रिजाल, सुमन सिंह, झरना थापा, सोनिया केसी, लगायतको अभिनय रहेको चलचित्र सौभाग्य भने नारी संवेदनामा आधारित छ । गोविन्द गौतमले निर्देशन गरेको यस चलचित्रमा नायिका झरना थापा मानसिक सन्तुलन ठिक नभएको पात्रको भुमिका निर्वाह गरेकी छिन् भने हमालले प्रहरीको भुमिका निर्वाह गरेका छन् । यता दुई बर्ष अगाडीको सफल चलचित्र कहाँ भेटिएलाका नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्काको साथमा सरिता लामिछाने र मुकेश ढकालको मुख्य अभिनय रहेको चलचित्र श्रीमान श्रीमती पनि नारी संवेदनामा आधारित छ ।  यस चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् ।