पर्ख र हेरको स्थितिमा पुगेका चलचित्र बिकाश बोर्ड र सेन्सर बोर्डका सदस्यहरुले नयाँ सरकारमा सूचना तथा सञ्चार मन्त्री माओवादीका आएमा राजिनामा नदिने भएका छन् ।
सेन्सर बोर्डका सदस्य चेतन सापकोटाले यस अघिको कार्यकालमा पनि चलचित्र बिकाश बोर्डका अध्यक्ष भण्डारीले सञ्चार मन्त्रीले राजिनामा दिएको भोलि पल्टै राजिनामा दिएकाले आफुहरु कुर्सीको आयु लम्बाउन तर्फ नलागेको बताएका छन् । बरु अबको भविष्य अनिश्चत भएका कारण तत्काल केही काम गरेर छोड्नु पर्ने मान्यताका साथ हिजो बैठक बसे पनि कुनै निश्कर्ष भने निस्कन नसकेको सापकोटाको भनाई छ ।
अबको सरकारको नेतृत्वका लागी बाबुराम भट्टर्राईलाई अगाडी सार्ने माओबादीको निर्णय भएका कारण आफुहरुले बिभागिय मन्त्री पनि माओवादीबाटै हुनेमा सापकोटा आशाबादी देखिएका छन् । उनले मन्त्रीले नियुक्त गरेका कारण माथिबाट फिर्ता नबोलाए सम्म राजिनामा नदिने बताए । अब बन्ने सरकारमा हुने जिम्मेबारी बाँडफाँडलाई आधार मानेर मात्र राजिनामा गर्ने नगर्ने बारे निर्णय लिने आफुहरुको सल्लाह भएको उनको भनाई छ ।