मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजेश र आर्यनको दोस्रो भेट

फिल्मीखबर, काठमाण्डौ, 2011/08/18

नेपाली चलचित्रकर्मीहरु नायक भने पछि जती लगानी गर्न पनि पछाडी पर्दैनन् । नायककै भरमा चलचित्र चल्छ भन्ने मान्यता पनि यहाँ धेरैले बोक्ने गर्दछन् । चलचित्रको ब्यापारलाई हेर्दा उक्त कुरा सत्य हो कि जस्तो भान पनि भएको छ चलचित्रकर्मीहरूलाई ।

 

कुनै जमानामा नायक निखिल उप्रेती, बिराज भट्ट र राजेश हमाललाई एउटै चलचित्रमा प्रस्तुत गर्नका लागी चलचित्रकर्मीहरुले धेरै नै कसरत गर्ने गर्दथे । दुई दशक भन्दा बढी चलचित्र क्षेत्रमा निरन्तर राज गरिरहेका राजेश हमाल र पछिल्लो समय राम्रै चर्चा पाएका नायक आर्यन सिग्देल दुबैले प्राय चलचित्रमा लिड रोलमा अभिनय गर्ने गर्दछन् । अहिले निर्माताहरूको पहिलो रोजाई नै यि दुई नायक भएका छन् । तर गजबको कुरा यो छ कि यि दुई नायकलाई एउटै पर्दामा देख्न भने गार्‍हो छ ।

 

नायकद्वय हमाल र सिक्देललाई निर्देशक श्याम भट्टराईले आफ्नो चलचित्र 'मौसम' मा एकसाथ प्रस्तुत गरेका थिए । त्यो बेला आर्यनको क्रेज बनि नसकेकोले दर्शकहरूले राजेशलाई नै बढि ध्यान दिए । अहिले राजेश जत्तिकै क्रेज आर्यनले पनि बनाएका छन् त्यसैले पनि चलचित्र क्षेत्रका यि दुई सुपरस्टारलाई एउटै पर्दामा देख्न दर्शक पक्कै उत्सुक हुनु पर्दछ । अब भने त्यो उत्सुकताको घडी समाप्त भएको छ । हो, महानायक राजेश हमाल र नायक आर्यन सिग्देल भाद्र २ गते दर्शकलाई भेट्न आउने भएका छन् ।

 

यस अघि चलचित्र मौसममा संगै देखिएका यि नायकहरु लामो अन्तराल पछि दोस्रो चोटी भेट भएका छन् चलचित्र 'सपना' मा । आर्यन एकल नायक भएर खेलेको चलचित्रले राम्रै चर्चा पाएको छ भने महानायकको क्रेजको त कुरै गर्न पदैन । यसकारण पछिल्लो समयका लोकप्रिय यि दुई कलाकारहरुले सँगै अभिनय गरेको चलचित्रले कस्तो ब्यापार गर्ला धेरैको चासोको बिषय हो छ ।


भदौ २ गतेबाट रिलिज हुन लागेको चलचित्र हो सपना । जसमा महानायक हमाल र आर्यनले एकसाथ अभिनय गरेका छन् । प्रदिप श्रेष्ठ निर्देशित यो चलचित्रको जति छ चर्चा छ त्यसको श्रेय हमाल र सिक्देलले नै लैजान्छन् भन्ने कुरामा दुई मत नहोला । छुट्टा छुट्टै रुपमा अभिनय गर्दा पनि उनिहरुको चलचित्रले राम्रो ब्यापार गर्ने गर्दछ । अब यि नायकहरुसंगै अभिनय गरेको चलचित्रले कस्तो व्यापार गर्ला प्रतिक्षाको बिषय बनेको छ ।