मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्तो भेदभाव किन ?

फिल्मीखबर, काठमाण्डौ, 2011/08/18

नायक मुकेश ढकाल, निर्माता मुनाल घिमिरे र निर्देशक ऋषि लामिछानेको जोडी पनि अचम्मकै छ । मुनालले बनाएको पहिलो चलचित्र 'आफ्नो मान्छे आफ्नै हुन्छ' मा नायक मुकेशले अभिनय गरेका थिए । ऋषिले निर्देशन गरेको सो चलचित्रले राम्रै व्यापार गर्‍यो र मुकेशको चर्चा पनि राम्रै भयो ।


यहि युनिटले निर्माण गरेको अर्को चलचित्र श्रीमान श्रीमती शुक्रबारबाट चल्दैछ । तर यो चलचित्र भने श्रीमान श्रीमती भन्दा बाहिर जान सकेन । चलचित्रलाई श्रीमान श्रीमतीमा केन्द्रित गराउने काम गरे निर्माता मुनाल घिमिरेले । चलचित्र श्रीमान श्रीमतीमा उनको भुमिका पनि कम छैन तर प्रचारमा भने निर्देशक ऋषि पत्नी सरिता लामिछाने, नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्काको नाम मात्र अगाडी सारिएको छ । एउटै चलचित्रमा उत्तिकै भुमिका निभाएका कलाकारहरुलाई काखा र पाखा गरिएको छ अहिले ।


कुरा नायक मुकेश ढकालको हो । चलचित्रको प्रचार प्रसार सामाग्री देखि सञ्चार माध्यम सबै तिर मुकेशलाई ओझेलमा पारिएको छ । चलचित्रको पोस्टर होस् या प्रोमो सबैमा मुकेशलाई छुट्याईएको छ । चलचित्रमा श्रीकृष्ण श्रेष्ठ जत्तिकै भुमिका मुकेशको भए पनि उनलाई ओझेलमा पारिंदा नायक त दु:खी छन् नै उनका फ्यानहरू पनि पक्कै दु:खी होलान् । आखिरमा यस्तो किन ?


बुझ्नमा आए अनुसार मुकेशलाई एक दिन डबिङमा बोलाउदा उनि सुटिङका कारण उपस्थित हुन नसके पछि अहिले निर्माताले त्यसैको रिस फेरेको बुझिएको छ । सुटिङमा व्यस्त भएका कारण समयमा उपस्थित हुन नसकेपछि निर्माता घिमिरेले रिस पोखेको बुझिएको छ । आखिर कलाकारले आफ्नो भुमिकामा न्याय दिन कोसिस त गरेकै हुन्छ नि तर निर्माण पक्षले किन यस्तो भेदभाव गरेको ? यस बिषयमा निर्देशक लामिछाने पनि केहि बोल्न सकेका छैनन् ।

 

यसरी आफूलाई चलचित्रको प्रचार प्रसारबाट अलग राखेपछि नायक ढकाल युनिटसँग केहि दु:खी छन् । उनी भन्छन्, 'मैले डबिङमा आउँदिन भनेको थिईन् । अहिले व्यस्त छु पछि आउछु मात्र के भनेको थिएँ मुनाल जि रिसाई हाल्नु भयो । अहिले त्यहि रिस पोख्नु भएको छ ।' मुनाल जी ! रिसले अरूलाई हैन आँफैलाई खान्छ भन्ने कुरा बुझ्नु भएको छैन कि क्या हो ?