मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पूर्वमा फेरी चारको भिडन्त

अर्पण ढकाल, धरान, 2011/08/19

साउन २७ मा भएको चलचित्रको भिडन्त १ हप्ताको विश्राम पछि  भदौ २ मा फेरी चार चलचित्र भिड्दै छन् । आज शुक्रबारबाट प्रदर्शनमा आएका तीन चलचित्र 'सपना', 'श्रीमान श्रीमती' र 'सौभाग्य' सँगै गत साताबाट प्रदर्शनमा आएको अर्को चलचित्र तिम्रो घर मेरो ससुराली एकसाथ प्रदर्शनमा आएका छन् ।
 

प्रदर्शनमा आएका चलचित्रहरुमा 'सपना' र 'श्रीमान श्रीमती' को भिडन्त उपत्यकासँगै देशभरका हलहरुमा भएको छ भने अर्को चलचित्र 'सौभाग्य' पनि उपत्यका बाहिरका हलहरु मार्फत अन्य दुई चलचित्रलाई टक्कर दिन प्रदर्शनमा आएको छ । कतै दुईवटा र कुनै स्थानमा तीनवटा चलचित्रहरु प्रदर्शनमा आएपनि पूर्वमा भने चार चलचित्रहरु एकआपसमा जुधेका छन् ।


हरि बराल र बसन्त कुमार श्रेष्ठले निर्माण गरेको चलचित्र सपनाले सुरुवातमा पूर्वको दुई हल पाएको छ । धरानको गणेश टाकिज र झुम्काको मनकामना चलचित्र मन्दिरमा सपना प्रदर्शन भएको छ । त्यस्तै मुनाल घिमिरेले निर्माण गरेको चलचित्र श्रीमान श्रीमती दमकको पाथिभरा चलचित्र मन्दिर र बिर्तामोडको अन्नपूर्ण टाकिजबाट प्रदर्शनमा आएको छ । दुवै चलचित्रको पूर्वाञ्चल बितरक चैतन्य बराल भएकोले गर्दा उनले आफ्नो चलचित्रलाई कतै नजुधाई प्रदर्शन गराएका छन् ।

 

सपना उत्रेपछि त्यो हलमा श्रीमान श्रीमती र श्रीमान श्रीमती लागेको हलमा सपना पालो प्रणालीमा प्रदर्शन हुने वितरक बरालले बताए । उता केदार पराजुलीले निर्माण गरेको चलचित्र सौभाग्यले भने एउटा मात्रै हल पाएको छ । बिर्तामोडको कृष्ण टाकिजबाट सौभाग्य प्रदर्शनमा आएको छ र यो चलचित्र दमकको दमक चित्र मन्दिरमा सोमबारबाट प्रदर्शन हुने बताइएको छ । त्यस्तै राजु लामाले निर्माण गरेको चलचित्र 'तिम्रो घर मेरो ससुराली' डीसिएन जडित दमकको निलकण्ठ, बिराटचोकको सुकुना लगायतका हलहरुमा यो चलचित्र लागेको छ ।