मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बिरालोको चालमा सेलिब्रेटी

फिल्मीखबर, काठमाण्डौ, 2011/08/19

अभिनेत्री करिष्मा मानन्धर र उनकै छोरी कविता मानन्धर पहिलो पटक बिरालोको चालमा स्टेजमा हिंड्दा निकै लजाए । शुक्रबार राजधानीमा पार्टी फिस्टाको आयोजनामा भएको सेलिब्रेटीहरूको फेसन शो कार्यक्रममा यि आमा छोरी पहिलो पटक क्याट वाक गरेका हुन् ।

 

अभिनेत्री मानन्धर र कविताको साथमा अन्य केही सेलिब्रेटीहरू पनि पहिलो पटक बिरालोको चालमा स्टेजमा बिभिन्न डिजाईनका ड्रेसहरू लगाएर हिंडे । यसरी बिरालोको चालमा हिंड्ने सेलिब्रेटीहरूमा नायिका निशा अधिकारी, नम्रता श्रेष्ठ, ऋचा शर्मा, रीमा बिश्वकर्मा, स्नेहा शर्मा, सिर्जना बस्नेत रहेका थिए । यसैगरी नायकहरूमा बाबु बोगटी, बिमलेश अधिकारी र सबिन श्रेष्ठ रहेका थिए । उनीहरूले बिभिन्न थिममा रहेर आकर्षक ड्रेस लगाएर र्‍याम्पमा प्रस्तुत भएका थिए ।

 

नवज्योति केन्द्रमा रहेका सुस्तमनस्थिती बालबालिकाको सहयोगार्थ आयोजना गरिएको सो सेलिब्रेटी वाकमा गायिका इन्दिरा जोशी, पूर्व मिस नेपाल उषा खड्गी, मेकअप आर्टिस्ट स्नेहा राणा, ग्ल्यामर फोटोग्राफर राजभाई सुवाल, अर्का फोटोग्राफर अनुप प्रकाश, मोडल दिपक घिमिरे, टेलिभिजनकर्मी दिलभुषण पाठक लगायतका सेलिब्रेटीहरू पनि र्‍याम्पमा हिंडेका थिए । कार्यक्रमको कोरियोग्राफी जयन सुब्बा मानन्धरले गरेकी थिइन् ।