मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रबिधिका आधारमा चलचित्र बर्गीकरण गर्न हुँदैन : खरेल

फिल्मीखबर, काठमाण्डौ, 2011/08/20

बरिष्ठ चलचित्रकर्मी यादब खरेलले प्रबिधिका आधारमा चलचित्र बर्गीकरण गर्न नहुने बताएका छन् । उनले क्यामराले चलचित्रलाई पर्दामा मात्र राम्रो देखाउने भन्दै चलचित्र राम्रो बनाउन क्यामराको मात्र भुमिका नहुने बताएका छन् । क्यामरा एउटा माध्यम मात्र भएकाले सिङ्गो चलचित्र हेरेर त्यसको बिषयवस्तु, प्रस्तुति र प्रबिधि समेतलाई आधार मानेर मात्र चलचित्रको बर्गीकरण गर्नु पर्ने उनको भनाई छ ।


चलचित्र विकास बोर्डले प्रबिधिका आधारमा चलचित्रको बर्गीकरण गर्न लागेको सुने पनि आधिकारिक रुपमा आफुले जानकारी नपाएको खरेलको भनाई छ । उनले यस अघि पनि भिडियो चलचित्र र सेलुलाईड चलचित्र गरी क्यामराका आधारमा बर्गीकरण गरिएको बताए । प्रबिधिको आधारमा बर्गीकरण गर्दा उत्कृष्ठ बिषय बस्तु बोकेका स्तरिय चलचित्र पनि ओझेलमा पर्न सक्ने खरेलको भनाई छ । पछिल्लो समय नेपाली चलचित्रले प्रबिधिमा फड्को मारे पनि अन्य कुनै पक्षमा सफलता हात नपार्नुले पनि प्रबिधिलाई आधार मानिहाल्न सकिने स्थिति नरहेको उनले बताए ।


नेपालमा डिजिटल प्रबिधिको आगमनसँगै प्राबिधिक रुपमा उत्कृष्ट चलचित्र बन्न थालेको भए पनि प्रबिधिको सहि प्रयोग हुन नसक्दा चलचित्रहरु निरन्तर असफल भैरहेको खरेलको भनाई छ । उनले पछिल्लो समय बिश्वका जुन सुकै राष्ट्रका चलचित्रहरु पनि नेपाली दर्शकले घरैमा बसेर हेर्न पाउने प्रबिधिको बिकाश भैसकेका कारण दर्शकहरुले उत्कृष्ट चलचित्रको छनौट गर्न थालेको खरेलको भनाई छ । अहिलेका दर्शकहरु शिक्षित र इन्टरनेटसँग परिचित भएका कारण उनिहरुले बिदेशि स्तरिय चलचित्रमा मन गाडेको खरेलको ठम्याई छ ।


धेरै पुरानो बिदेशि चलचित्र उद्योगसँग प्रतिस्पर्धा गर्नु नेपाली चलचित्रका लागी असहज रहेको खरेलले बुझाइ छ । मौलिक कथामा स्तरिय चलचित्र बनाउन सके दर्शकको अभाव नभएको भन्दै खरेलले दर्शक चिनेर काम गर्न आग्रह गरेका छन् । दर्शकहरु अघि अघि नेपाली चलचित्र पछि पछि हुँदा चलचित्रले राम्रो ब्यापार गर्न नसकेको बताउदै खरेलले दर्शक सँगसँगै अगाडी बढ्न चलचित्रकर्मीहरुलाई आग्रह गरेका छन् ।