चलचित्र क्षेत्रका जोडीहरु पनि गजबकै छन् । कोही जोडी झगडा गरेर चर्चामा आउँछन्, कोही राम्रो काम गरेर त कोही निरन्तरको सहयात्राका कारण कारण । तर यहि क्षेत्रमा एउटा यस्तो जोडी छ जो आज भन्दा ८ वर्ष अगाडीबाट अहिले सम्म पनि निरन्तर सहयात्रा गरीरहेको छ ।
उक्तको जोडी सहयात्रा नेपाल टेलिभिजनमा 'सिन्दुर' नामको सिरियल बनाउँदा देखि अहिले सम्म पनि जारी छ । त्यो जोडी अरू कोही नभएर निर्देशक योगेश घिमिरे र अभिनेत्री, निर्माता प्रज्ञा जोशिको हो । चलचित्र 'सपुत' बनाएर निर्माता बनेकी जोशीले योगेशलाई यहि चलचित्रबाट डेब्यु गराएकी हुन् । त्यसपछिका दिनहरुमा सम्झना, न बिर्सें तिमीलाई न पाएँ तिमीलाई गरी तिन चलचित्र निर्माण गरिसकेकी जोशीले यि तिनै चलचित्रमा निर्देशक घिमिरेलाई लिईन् ।
घिमिरे मेहनती भएको र उनीसँग काम गर्दा केमेष्ट्र मिल्ने हुँदा निरन्तर काम गरेको प्रज्ञाको भनाई छ । उनले निर्देशक परिवर्तन गर्दैमा मात्र केही नहुने भन्दै योगेश मेहनती भएको र राम्रो काम गर्ने हुँदा निरन्तर संगै काम गरेको बताएकी छन् । यता प्रज्ञाले पनि कलाकारिता गर्ने हुँदा उनका चलचित्रमा काम गर्न सहज हुने योगेशको भनाई छ । अन्य निर्माताको चलचित्र पनि निर्देशन गरेको बताउने योगेशले अहिले प्रज्ञाले निर्माण गर्ने चलचित्रको लागी स्कृप्टको काम भैरहेको बताए ।
केही दिनमा स्कृप्टको काम सकाने बताउदै प्रज्ञाले तिहार लगत्तै छायाँकनमा जाने जानकारी दिएकी छन् । चलचित्रको नाम राख्न बाँकि रहेको बताउने प्रज्ञाले यो चलचित्रमा पनि योगेशलाई निर्देशकको रुपमा छनौट गरेकी छन् । केही स्कृप्टहरु माथि छलफल भैरहेकोले यस्तै कथा भन्ने फाइनल नभए पनि आम दर्शकको चाहनालाई मध्य नजर गरेर चलचित्रको कथा छनौट गर्ने योगेको भनाई छ । अहिले धेरैले नेपाली चलचित्रको स्कृप्ट अलि फितलो भएको प्रतिक्रिया दिएको बताउदै योगेशले आफुले ति सबै कुरामा ध्यान दिने बताएका छन् ।