मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विद्यालयको सहयोगार्थ बेनीमा 'शासन' को बिशेष प्रदर्शन

सन्तोष गौतम, म्याग्दी, 2011/08/20

चलचित्र शासनको शनिबार बेनीमा बिशेष प्रदर्शन गरिएको छ । अर्थुङ्गेको जामुनाखर्क उच्च माविले म्याग्दी सिनेमा घरमा सो चलचित्र प्रदर्शन गरेको हो । गत माघमा राजधानी लगायत अन्य सहरमा प्रदर्शन भएको शासन म्याग्दीमा भने पहिलो पटक प्रदर्शन गरिएको हो ।

 

चलचित्र हेर्न प्रध्यापक, विद्यार्थी, व्यापारी, कर्मचारी लगायतका व्यक्तिहरु सिनेमा घर पुगेका थिए । करिब ७  सयले बिशेष प्रदर्शन मार्फत चलचित्र हेरेको र ४ लाख रुपैया संकलन भएको विद्यालयका प्राचार्य सोमनाथ ढुङ्गानाले बताए । विद्यालयको सहयोगार्थ चलचित्र प्रदर्शन गरिएको व्यवस्थापन समितिका अध्यक्ष मनोज पौडेलले बताए । अध्यक्ष पौडेलले बिशेष प्रदर्शनबाट भएको आम्दानी विद्यालयको शैक्षिक र पूर्वाधार विकासमा लगानी गर्ने जानकारी दिए ।


चलचित्र मार्फत मुलुकमा व्याप्त राजनीतिक अन्यौल, कुसंस्कार, भ्रष्ट्राचार र समाजसेवाको नाममा ठूलाबडाले शक्तिलाई पहुँचमा राखेर गर्ने गलत कार्यलाई पर्दामा उतारिएको छ । चलचित्रले समाजमा धनीले गरिबलाई गर्ने व्यवहार र कानुन हातमा लिएर गरिबहरुलाई दु:ख दिने गरेको वास्तविकताले धेरैको मन छोएको समाजशास्त्रका विद्यार्थी कमल बिकले बताए ।


महिला हिंसाको विषयलाई पनि समेटिएको चलचित्र मार्फत युद्ध र काटमार कसैको हितमा नहुने सन्देश प्रवाह गर्ने महिला अधिकारकर्मी रेखा कौशल रेग्मीले बताईन् । चलचित्रले अधिकार र नियम कानुनको पालना गर्छौं भनेर समाजसेवाको खोल ओढ्नेहरुबाट हिंसा र कानुन उल्लङ्घन हुने गरेको विषय उठान गरेको रेग्मीले बताईन् । लामो समयपछि चलचित्रमा देखिएका नायक लोकेन्द्र कार्कीको प्रस्तुती रहेको 'शासन' मा जनता नेता देखि देशको नेतृत्व र निती निर्माण गर्ने तहसम्म रहेका व्यक्तिले आफ्नो भुमिका निर्वाह गर्न नसक्दा देशमा अराजगता र वैदेशिक हस्तक्षेप बढेको विषयले सबैलाई सचेत बनाउने हल सञ्चालक अनोद श्रेष्ठको भनाई छ ।