मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्माता संघको एघारौं बार्षिक साधारण सभाका रोचक प्रसङ्गहरू

फिल्मीखबर, काठमाण्डौ, 2011/08/20

नेपाल चलचित्र निर्माता संघले शनिबार राजधानीको याक एन्ड यति होटलमा आफ्नो एघारौं बार्षिक साधारण सभा कार्यक्रम भव्य रूपमा सम्पन्न गर्‍यो । सञ्चार मन्त्री पोस्ट बहादुर बोगटी, सभासद गगन थापा, युवानेता योगेश भट्टराईको साथमा चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारी लगायतक थुप्रै चलचित्रकर्मी कार्यक्रममा उपस्थित थिए । सो कार्यक्रममा केहि रोचक प्रसङ्गहरू निकै हेर्न लाएकका थिए ।

सबै भन्दा पहिला निर्माता संघको कार्यसमिती सदस्यहरुलाई दौरा र सुरुवालमा उपस्थित गराइएको थियो । प्रायजसो जिन्स पाइन्ट र टिसर्टमा भेटिने निर्मातालाई दौरा सुरवालमा चिन्नै गाह्रो भएको थियो । वास्तवमा भन्दा उनीहरू पहिलो पटक निर्माता जस्तै देखिएका थिए । एकताको साधारण सभा भनिएको सो कार्यक्रमलाई केहि निर्माताहरूले भने बहिस्कार गरेर नाटकिय उदाहरण दिएको दृष्य अनौठो नै थियो ।

 

निर्माता संघले होटल याक एण्ड यतिमा गरेको साधारण सभा कार्यक्रममा हल भित्र भन्दा बाहिर बरन्डामा निस्केर गफ चुट्ने निर्माताहरू धेरै थिए । हलमा बोल्ने बोलिनै रहेका थिए तर अधिकांश ब्यक्तिहरु भने भाषणले हुने केही हैन भन्दै आफ्नै तालमा गफ चुटेको दृष्य हेर्न लायककै थियो । बरण्डामा निस्केर गफ गर्नेहरु मध्ये अधिकांश ब्यक्ति निर्माता संघको कार्यसमितीका पदाधिकारीहरु नै थिए । बराण्डामा भएका मध्ये कोही आफ्नो चलचित्रको प्रचार गर्दै थिए भने कोही अरुको कुरा काट्दै थिए । बराण्डामा चलचित्र पत्रकार संघ निष्कृय भयो भनेर गरिएको व्यङ्ग्य कम मजाको थिएन ।

 

झुप्पा झुप्पामा बाँडिएका चलचित्रकर्मीहरुको हाई हेल्लो पनि निरन्तर रहिरहयो । यस बिचमा निर्माता बिनोद अर्याल र सुमन दहाल बिच बिचमा आएर सबैलाई भित्र जान आग्रह गर्थे तर अटेरी बन्दै गफाडीहरू सुनेको नसुन्यै गर्थे । त्यसो त कार्यक्रममा आएका केही नायक नायिका तथा निर्माताहरू फोटो सेसनमा नै ब्यस्त देखिन्थे । साधारण सभा ११ बजे नै शुरू गरिए पनि कतिपय अतिथीहरु ढिला मात्र कार्यक्रममा उपस्थित भएका थिए ।

 


पहिलो सत्रको कार्यक्रम सकिए पछि चिया पान कार्यक्रम चलिरहँदा चलचित्र व्ल्याक मेलको काण्डमा मुछिएका नायक आर्यन सिक्देल, चलचित्र व्ल्याक मेलका निर्माता सरद अधिकारी, निर्देशक सुदर्शन थापा, सुरेश दर्पण पोखरेल लगायतका केहि चलचित्रकर्मीको बहस पनि हेर्न लायककै थियो । सबैभन्दा रोचक कुरा त कार्यक्रमका प्रमुख अतिथी तथा बिशेष अतिथी बोल्दा सम्ममा त कार्यक्रम स्थलका आधा भन्दा बढि कुर्सीहरू नै खाली थिए । जब निर्माता संघका अध्यक्ष राज कुमार राईको बोल्ने पालो आयो तब मञ्चमा उपस्थित दुई दर्जन अथितीमा ५ जना मात्र अतिथी बाँकि रहेका थिए ।