फिल्मीखबर डटकमले शुरू गरेको चलचित्र ब्रेक फेलको क्विज स्तम्भको चौथो बिजेता काठमाण्डौको सिनामंगल निवासी लेखनाथ खड्का भएका छन् । कुल २,१०६ जनाले सहभागिता जनाएको सो क्विजमा २,१०६ जना अर्थात् सतप्रतिशतले नै सहि उत्तर पठाएका थिए । तिनै सहि उत्तर पठाउने मध्येबाट गोला प्रथा गरि खड्का बिजेता घोषित भएका हुन् ।
बिजेता खड्का भाद्र १५ गते हुन लागेको चलचित्र ब्रेक फेलको प्रिमियरमा सहभागी हुन पाउने छन् । गत साता राखिएको चलचित्र ब्रेक फेलका निर्देशक को हुन् ? भन्ने प्रश्नको सहि उत्तर शंकर घिमिरे रहेको थियो । भाद्र १६ गते आफ्नो प्रदर्शनको मिती तय गरेको चलचित्र 'ब्रेक फेल' का निर्देशक घिमिरे नायिका ऋचा घिमिरेका पति हुन् ।
यसैगरी क्विजलाई निरन्तरता दिंदै पाचौं क्विज अर्न्तगत चलचित्र ब्रेक फेलका संगीतकार को हुन् ? भन्ने प्रश्न राखिएको छ । जसका विकल्पहरू १. सुगम पोखरेल २. सत्यस्वरूप र द युनिटी ३. महेश खड्का ४. शम्भुजित बाँस्कोटा रहेका छन् । यस क्विजमा देश बिदेशमा बस्ने हरेक नेपाली सहभागी हुन सक्नेछन् र बिजेता ब्रेक फेलको प्रिमियरमा सहभागी हुन सक्नेछन् ।