मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रेमिकाले नाईं नभने राजेशले बिहे गर्ने

फिल्मीखबर, पोखरा, 2011/08/21

नायक राजेश हमालले आफ्नी प्रेमिकाले धोका नदिएको खन्डमा सन् २०१२ भित्रमा आफ्नो बिहे हुन सक्ने संकेत गरेका छन् । शनिबार पत्रकार महासंघ कास्कीको निर्माणधिन भवनको अवलोकन गर्न पोखरा पुगेका हमालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफ्नो लागि उपयुक्त प्रेमिका भेटिएको भन्दै बिबाहको तयारी भईरहेको बताए ।

 

बिबाहको मिती तय भईनसकेको जनाउँदै हमालले प्रेमिकाले नाईं नभने छिट्टै मिती तय गरिने समेत बताए ।  आफ्नो तर्फबाट मात्र ओके भनेर नहुने बताउँदै हमालले छिट्टै नै दर्शकहरूको जिज्ञासालाई मेटाउँदै आफ्नी प्रेमिका पनि सार्वजनिक गर्ने भएका छन् । ज्योतिषीको सल्लाह लिएर गृहशान्ति गराई २०१२ भित्रमा बिहे गर्न बताउने हमालले अब कुनै पनि हालतमा बस छुट्न नदिने बताए । उनले भने, 'यस अघि थुप्रै बस छुटे तर अब छुट्न दिन्न ।'

 

पाँचको दशकमा टेक्न लागेका हमालले आफू अझै जवान नै रहेको बताउँदै बिबाह गर्ने उमेर बल्ल आएको बताए । उनले भने, 'मेरो लागि बिबाह गर्ने उपयुक्त उमेर नै यहि हो ।' हमालकी प्रेमिका बिराटननगर घर भएको बुझिएको छ । तर उनले भने अहिले सम्म उनको बारेमा मुख पोरेर फलानो हो भनेका छैनन् ।