नायक निखिल उप्रेती हिजो साँझ काठमाडौ आइपुगेका छन् । कान्छी श्रीमती सञ्चिता लुइटेलको कोखबाट आज सन्तान जन्मने भए पछि निखिल काठमाडौ आएका हुन् । सञ्चिताको उपचारमा खटिएका डाक्टरहरुले आज राती ९ बजे अप्रेसन गरेर बच्चा जन्माउने जनाए पछि अहिले सञ्चितालाई हस्पिटलमा भर्ना गरीएको छ ।
निखिलले आज सम्म सार्वजनिक रुपमा सञ्चितासँग बिहे गरेको कुरा नबोले पनि सञ्चिताले भने आज जन्मने बच्चाको बाउ निखिल नै भएको बताएकी छिन् । निखिल पनि आफ्नै बच्चा भएर नै होला सञ्चितालाई भेट्न रातारात काठमाण्डौ ओर्लेका । सञ्चिताको बारेमा अहिले सम्म चुप रहेका निखिल अब भने बोल्ने बुझिएको छ । निखिलकी पहिलो श्रीमती कोपिला उप्रेतीले निखिलले भोली साँझ सम्ममा पत्रकार सम्मेलन गरेर आफ्ना कुराहरू राख्ने कुरा आफूलाई बताएको फिल्मीखबर समक्ष बताईन् ।
कोपिलाका अनुसार निखिल अब यो समस्याबाट मुक्ति पाउन चाहन्छन् रे ! उनले मुक्ति पाउने चाहेको बताईए पनि कस्लाई स्विकार्ने हुन् भन्ने कुरा अन्यौलमा छ । कोपिलाले निखिलले अझै पनि केहि नबोले आफैंले पत्रकार सम्मेलन गरेर आफ्नो सम्बन्धका बारेमा सबै कुरा खोल्ने बताईन् । उनले भनिन्, 'निखिलले अब बोल्छु भनेका छन् यदि नबोली फेरि मुम्बई गए भने के के बोल्नु पर्छ म बोल्छु ।' कोपिलाले अब निखिलले कि सञ्चितालाई अपनाउनु पर्ने कि आफूलाई अपनाउनु पर्ने बताईन् ।
कोपिलाले आफ्नो कोखबाट जन्मीएको छोराको भविष्य प्रति चिन्तीत रहेको बताउदै सञ्चार माध्यममा आएका खबरहरुको स्वतन्त्र पुष्टि गर्न निखिललाई कडा दवाव दिने बुझिएको छ । आजसम्म सञ्चितालाई आफ्नी श्रीमती भनेर सार्वजनिक रुपमा बोल्न नसक्नु र अहिले आफु र बच्चालाई अलपत्र पार्ने लगायतका घटनाले निखिल चारीत्रीक रुपमा पतन भएको कोपिलाको ठहर छ ।
कलाकार भनेका देशका गहना हुन् । धेरैका आर्दश हुन् । त्यसैले कलाकारले आर्दश जीवन बिताउन सक्नु पर्ने हो तर निखिलको यस्तो ब्यवहारले के संकेत गर्ला ? जे होस् दोस्रो बिहे गरेर भए पनि आमा बन्न लागेकी नायिका सञ्चितालाई हाम्रो बधाई !