मोडल तथा सञ्चारकर्मी हुँदै नायिका बनेकी माल्भिकाको व्यवसायिक परिचय थपिएको छ । 'गड लिभ्ज इन द हिमालयज' र 'गुडबाइ काठमाण्डू' कि नायिका माल्भिका सुब्बाले लाजिम्पाटमा 'हाउस अफ एपरिल' नामक बुटिक सञ्चालनमा ल्याएकी छन् । यो बुटिकको उदघाटन गराएपछि माल्भिकालाई बिजनेश उमनको रूपमा पनि हेरिने भएको छ ।
नायिका निशा अधिकारी, नायक कर्म, मिस नेपाल सदीक्षा श्रेष्ठ, रुवि राणा शाह लगायतले माल्भिकाको सो बुटिकको शनिबार उदघाटन गरे । युवादेखि ५०६० वर्ष उमेर पुगेकालाई समेत उपयुक्त हुने सजिलो, छरितो र फेसनेवल पहिरन माल्भिकाले आफ्नो बुटिकमा उपलब्ध गराउने भएकी छिन् । ग्राहकको अर्डर अनुसार पहिरन बनाउने बताउँदै माल्भिकाले नेपालमा नै उत्पादित कपडाहरू पनि गुणस्तरीय हुन्छन् भन्ने विश्वास दिलाउन पनि यो व्यवसायको थालनी गरेको बताईन् ।
पछिल्लो दिनमा नभयता म्यागजिनकी सम्पादक समेत रहेकी माल्भिकाले आफ्नो शो रूममा बिभिन्न सन्देशमुलक कुराहरु लेखिएका मौलिक टिसर्ट पाईने बताईन् । सो बुटिकको उदघाटन कार्यक्रममा थुप्रै सञ्चारकर्मीहरूको उपस्थिती रहेको थियो ।