मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आर्यनको खण्डन

फिल्मीखबर, काठमाण्डौ, 2011/08/22

चलचित्र 'ब्ल्याक मेल' बाट आर्यन निकालीएको समाचार प्रकाशन भए पछि नायक आर्यन सिग्देलले आपत्ति जनाएका छन् । आफुले चलचित्र छोडेको आर्यनको दाबि छ भने चलचित्रबाट आर्यनलाई निकालेको निर्माता शरद अधिकारीको दाबिका बिचमा शित युद्ध देखिएको छ ।


गत शनिबार याक एण्ड यतिमा भेटिएका आर्यनले आफ्नो चरित्र हत्या गर्ने किसिमले निर्माताले सञ्चार माध्यममा मनलाग्दी बोल्दै हिंडेको भन्दै आपत्ति जनाएका छन् । उनले चलचित्र 'ब्याक मेल'को युनिटले आफ्नै घरमा आएर अग्रिमेण्ट गरेको बताउदै होटलमा अग्रिमेण्ट गरेको र त्यस बखत २० हजार बराबरको ब्ल्याक लेभल खाएको भन्ने भनाई सरासर गलत भएको आर्यनको कथन छ । पहिलो सिटिङका क्रममा एक रेष्टुरेन्टमा बसेको भने उनले बताए ।

 

आर्यनले आफुले चलचित्र 'ब्याल्क मेल' को स्कृप्ट राइटर, निर्देशक लगायतलाई निकाल्न नभनेको बताए । उनले आफु आफ्नो काम प्रति लगनशिल भएको बताउदै कसैको सिफारीस गर्दै नहिड्ने जनाए । निर्माण पक्षले आर्यनले निर्देशक मधु भट्टराईलाई निकालेर उक्त स्थानमा सुर्दशन थापा सिफारीस गरेको कुरा पनि सत्य नभएको आर्यनको दाबी छ । उक्त स्थानमा निर्माता शरद अधिकारीका अगाडी आर्यनले आफुले नभनेका कुरा सञ्चार माध्यममा किन भन्दै हिडेको भनी प्रश्न गर्दा निर्माता अधिकारीले कुनै प्रतिक्रिया दिएनन् । बरू उनले आर्यनले चलचित्र छोड्दा आफूहरूलाई ठूलो नोक्सान भएको भने बताए ।

 

आर्यन सामु उभिएका निर्माता अधिकारीले आर्यनलाई औंला ठड्याउँदै भने, 'तपाईले गर्दा अहिले सम सुटिङ शुरू भएको छैन । यसको क्षति पूर्ती कस्ले दिने ?' यता आर्यनले पनि निर्माता अधिकारीसँग आकोशित हुँदै भने,'मेरो इज्जतमा दाग लगाउनु भयो त्यसको क्षति पूर्ती कस्ले दिने ?' तर स्मरण रहोस् नायक आर्यनले पहिला स्कृप्ट सुनेर नै अग्रिमेन्ट गरेका थिए ।


मलिन अनुहारका साथ उपस्थित भएका आर्यनले चौतर्फी आफ्नो बारेमा आलोचनात्मक खबरहरु आउनुको कारण आफैले थाहा नपाएको बताए । बिभिन्न सञ्चार माध्यममा आफ्नो नेगेटीभ समाचार प्रकाशन भैरहदा आफु बेरोजगार बन्ने स्थितिमा आएको समेत उनले बताउन छोडेनन् । अन्तत : आर्यनले आफुले कसैको सिफारिस नगर्ने बताएका छन् ।