मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बन्ने भो ' म अनि तिमी'

फिल्मीखबर, काठमाण्डौ, 2011/08/22

नेपाली चलचित्र क्षेत्रमा म्युजिक भिडियो निर्देशकहरू दिन प्रति दिन थपिंदै छन् । भुषण दाहाल, आलोक नेम्वाङ, सिमोस सुनुवार, प्रशन्न पौडेल पछि अहिले अर्का म्युजिक भिडियो निर्देशक बिभोर पोखरेल पनि ठूलो पर्दाको निर्देशक बन्दै छन् ।

 

म्युजिक भिडियो निर्देशकहरूले नयाँ कलाकारहरूसँग काम गर्ने कार्यलाई निरन्तरता दिंदै निर्देशक पोखरेलले पनि अधिकांश नयाँ कलाकारहरूलाई लिएर चलचित्र निर्देशन गर्दै छन् । दर्जनौं म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक पोखरेलले निर्देशन गर्न लागेको चलचित्र हो 'म अनि तिमी' । सो चलचित्रको सोमबार राजधानीमा एक कार्यक्रमका बिच मुहुर्त गरियो । केहि सञ्चारकर्मी र थोरै मात्र चलचित्रकर्मीको उपस्थितीमा सो चलचित्रको मुहुर्त गरिएको हो ।

 

चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहमा चलचित्रको मुहुर्त सटको निर्देशन गणेश भण्डारीले गरे भने क्यामेरा स्विच अन निर्देशक प्रशन्न पौडेलले गरे । नरिवल फोड्ने जिम्मा फिल्मीखबर साप्ताहिकका सम्पादक शान्ति प्रियलाई दिईयो भने क्ल्याप सट अर्का सञ्चारकर्मी उत्तम गौडेलले दिए । यता मुहुर्त सटमा चलचित्रका मुख्य पात्र त्रय अनु शाह, बेनिशा हमाल र आकर्षण पोखरेलले अभिनय गरे ।

 

चलचित्रको मुहुर्त कार्यक्रममा प्रमुख अतिथी बनेका भण्डारीले चलचित्रको उत्तरोउत्तर प्रगतीको कामना गर्दै नेपाली चलचित्र क्षेत्रमा महान चुनौती रहेकोले त्यसको सामना गर्ने सामर्थ यस चलचित्रले राखोस् भन्ने कामना गरे । यसैगरी जन पक्षिय चलचित्रकर्मी संघका अध्यक्ष तथा निर्देशकयसैगरी अखिल नेपाल चलचित्रकर्मी संघका अध्यक्ष तथा निर्देशक शिवजी लामिछानेले चलचित्र ' म अनि तिम्रो' ले चलचित्र उधोगमा सफलताको इट्टा थपोस् भन्ने कामना गरे । त्यस्तै निर्देशक प्रशन्न पौडेल र चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष शान्ति प्रियले पनि चलचित्रको सफलताको कामना गरे ।

योज्मा इन्टरटेन्मेन्ट प्रालिको व्यानरमा चिन बहादुर गुरूङले निर्माण गर्न लागेको चलचित्र 'म अनि तिमी' मा राजेश हमाल, अनु शाह, बेनिशा हमाल र नव प्रस्तुतीको रूपमा आकर्षण पोखरेलले अभिनय गर्दैछन् । त्रिकोणात्मक प्रेमकथामा आधारित रहेर निर्माण गर्न लागिएको सो चलचित्रको कथा निर्देशक पोखरेलले नै लेखेका हुन् भने गायक भरत सिटौलले चलचित्रका गीतमा संगीत दिने भएका छन् । चलचित्रमा दिनेश श्रेष्ठको छायाँकन, किशन भुसालको नृत्यनिर्देशन तथा राजकुमारको द्वन्दनिर्देशन रहने छ ।