पछिल्लो समयमा संगीत क्षेत्रमा जमेका युवासंगीतकार अर्जुन पोखरेल पहिलो पटक मुम्बई गएर गीत रेकर्डिङ गराउने भएका छन् । गीत रेकर्डिङका लागि मंगलबार मुम्बई जान लागेका अर्जुनले चार चलचित्रका गीत एकै पटक रेकर्ड गराउने भएका छन् ।
एक बर्ष अगाडीको चलचित्र 'दिल माया' का गीतहरू चर्चामा आएपछि चर्चित बनेका अर्जुन पोखरेलले ति चारै चलचित्रका गीतमा नेपाली गायक उदितनारायण झालाई गाउन लगाउने भएका छन् । मुम्बई गएर उदितलाई गीत गाउन लगाउन निकै लामो समय देखि पहल गरेका अर्जुन केहि मात्रामा सफल देखिंदा खुसी छन् । उनी भन्छन्,'उदितनारयणसँग काम गर्ने ठूलो सपना थियो अब पूरा होला जस्तो छ ।'
निकै आश बोकेका संगीतकार पोखरेलले गीत रेकर्डिङका लागि मुम्बई लैजान लागेका चलचित्रहरूमा सानु शाक्यले निर्देशन गर्ने चलचित्र 'बर्षात', दिवाकर भट्टराईले निर्देशन गर्ने चलचित्र 'मेरो जीवन साथी', मधुसुदन भट्टराईले निर्देशन गर्ने चलचित्र 'ब्ल्याक मेल' र धर्म सुवेदीले निर्माण गर्न लागेको एक चलचित्र रहेका छन् ।
चलचित्र बर्षातका लागि डा. कृष्णहरि बरालको शब्द रहेको गीतमा उदितनारयण झालाई साधना सरगमले साथ दिने भएकी छिन् भने मेरो जीवन साथीका लागि दयाराम पाण्डेको शब्द रहेको गीतमा उदितनारयणलाई सञ्जिवनीले साथ दिने भएकी छिन् । यसैगरी चलचित्र 'ब्ल्याक मेल' को दयारामकै गीतमा उदित र अञ्जुसँग गाउनेछन्यसैगरी चलचित्र 'ब्ल्याक मेल' को दयारामकै गीतमा उदित र अञ्जु पन्तको स्वर रहने भएको छ भने अर्को चलचित्रमा कस्ले गाउने भने निधो भई नसकेको पोखरेलले बताए ।