मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कमरेडको बेनीमा बिशेष प्रदर्शन

सन्तोष गौतम, बेनी, 2011/08/23

दशबर्षे जनयुद्धको विषय समेटेर निर्माण भएको चलचित्र 'कमरेड'को मंगलबार बेनीमा बिशेष प्रदर्शन गरिएको छ । आरबिए फिल्मसको ब्यानरमा निर्मल जिसीले निर्माण गरेको सो चलचित्र बेनीको म्याग्दी सिनेमा हलमा प्रदर्शन गरिएको हो । करिब ५ सय जनाले बिशेष प्रदर्शनी अवलोकन गरेको निर्माण पक्षले जनाएको छ ।

स्थानीय कलाकारद्धारा अभिनित चलचित्र कमरेड बागलुङ र म्याग्दीका विभिन्न स्थानमा छायांकन गरिएको हो ।  युद्धकालीन अवस्थाको झल्को दिने चलचित्रले शान्ति र नयाँ संबिधान बिना देशमा व्याप्त अन्याय, अत्याचार र शोषण दमनको अन्त्य हुन नसक्ने सन्देश दिएको छ । जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धी र सहिदको बलीदानी संस्थागत गर्न चलचित्रले नेताहरुलाई खवरदारी पनि गरेको छ । किरण आचार्यले छायांकन चलचित्रमा बिना भुजेल, निर्मल जिसी, दिल निशानी मगर लगायतले अभिनय गरेका छन् ।


चलचित्र हेरेपछि दर्शकहरुले बिषयबस्तु उपयुक्त भएपनि अभिनय विषयबस्तु केन्द्रित हुन नसकेको प्रतिक्रिया दिएका छन् । चलचित्र निर्माता तथा नायक निर्मल जिसी र नायीका भुजेल लगायत कलाकारहरुले दर्शकको सुझाव अनुसार अभियनमा सुधार गर्ने बताएका छन् ।