हल ब्यवसायिहरुको साढे जुधाइमा मिचिएका पोखरा स्थित बिन्ध्वाबासिनी चलचित्र हलका कर्मचारीहरु हिरासत मुक्त भएका छन् । उनिहरुलाई तारीखमा मुक्त गरीएको कास्कीका प्रहरी प्रमुख एसपि यादब खनालले फिल्मीखबरलाई जानकारी दिए ।
शुक्रबारबाट पोखराको बिन्ध्वाबासिनी हलमा चलचित्र शौभाग्य र पुर्णिमा चलचित्र मन्दीरमा चलचित्र सपना रिलिज भएका थिए । एकले अर्काको चलचित्रले राम्रो ब्यापार गरेको देख्न नसक्ने चलचित्रकर्मीहको रोग यसपटक पोखराका चलचित्रकर्मीहरुमा पनि देखिएको छ । चलचित्र सपनालाई हरी बरालले निर्माण गरेका हुन भने उनैले चलचित्रको बितरण गरेका छन् । यता अर्को चलचित्र शौभाग्यलाई बितरक केदार पराजुलिले निर्माण गरेका हुन ।
खासगरी पोखराको बिन्ध्वाबासिनी हलमा केदार पराजुलि र डिसिएनले बितरण गरेका तथा पुर्णिमा चलचित्र हलमा क्युव र हल सञ्चालक हरि बराल स्वयमले बितरण गरेका चलचित्रहरु रिलिज हुने गर्दछन् । यसपटक पनि शुक्रबारबाट दुबै बितरकले निर्माण गरेका चलचित्र एकसाथ रिलिज भएका हुन । त्यसो त यसअघि पनि बिन्ध्वाबासिनीका कर्मचारीले पुर्णिमामा चलेको तथा पुर्णिमाका कर्मचारीले बिन्ध्वाबासिनीमा चलेको चलचित्रले जस्तो ब्यापार गरे पनि राम्रो ब्यापार गर्न नसकेको बताउने गरेका थिए ।
यस पटक त बिन्ध्वाबासिनीका कर्मचारीहरु पुर्णिमा हलमा चलचित्र सपनाको पोस्टर च्यात्नै पुगे । पुर्णिमा हलका सञ्चालक हरि बरालले बिन्ध्वाबासिनी हलका सञ्चालक उत्तम दुवा र बितरक केदार पराजुलिको निर्देशनमा आफ्नो हलमा तोडफोड भएको बताएका थिए । तर हल तोडफोड गरी क्षति पुर्याएको बताए पनि कास्कीका प्रहरी प्रमुख एसपि खनालले भने हल बालाले भने जस्तो बिन्ध्वाबासिनीका कर्मचारीले कुनै पनि तोडफोड नगरेको बताएका छन् । खनालले प्रहरीको स्थलगत अनुसन्धानका क्रममा पुर्णिमा हलको पोष्टर च्यातेको पाइएको जानकारी दिदै चार दिन हिरासतमा राखेर मंगलबार अबेर दैनिक तारिखमा छोडीएको जानकारी गराएका छन् ।