पछिल्लो समय देशमा सरकार गठन र यो सँग जोडिएर राजनितिक सरगर्मी बढिरहेको छ । सरकार गठनमा दलहरु कसरत गरेर लागि परेको अवस्थामा चलचित्र क्षेत्रमा राजनिति गर्ने अधिकांश चलचित्रकर्मीहरुले नेपालको भावि प्रधानमन्त्री आइतबार चुनिने आशा ब्यक्त गरेका छन् । अहिले प्रधानमन्त्रीका दुई उमेदबार माओबादीबाट बाबुराम भट्टराई र कांग्रेसबाट रामचन्द्र पौडेल रहेका छन् ।
निर्माता संघका अध्यक्ष राजकुमार राईले यस पटकको निर्बाचनमा कोही पनि तथष्ट बस्न नपाउने ब्यवस्था भएका कारण प्रधानमन्त्री चुनिने पक्का भएको जनाएका छन् । राईले हिजोसम्म माओबादीका तर्फबाट प्रधानमन्त्रीका दाबेदार बाबुराम भट्टराइले जित्ने पक्का जस्तै देखिएको भए पनि आज भने अवस्था केही परिवर्तन भएको बताए ।
राईले हिजो सम्म भट्टराईलाई समर्थन गछौ भन्ने मधेशबादी दलहरुले आज कुरा फेरेको बताएका छन् । राईले खासगरी बिजय कुमार गच्छदारले कुरा फेरेका कारण बाबुरामको पक्षमा स्पष्ट मत नदेखिएको जनाए । उनले अब को होला त प्रधानमन्त्री भन्ने प्रश्नमा ५०-५० को सम्भावना देखाए । तर यसरी बनेको बहुमतिय सरकारले शान्ती प्रक्रियालाई निष्कर्षमा पुर्याउन नसक्ने उनको भनाई छ ।
यस्तै निर्देशक समाजका अध्यक्ष केपी पाठकले माओबादीले अगाडी सारेको नयाँ प्रस्ताबका आधारमा बाबुराम प्रधानमन्त्री हुने बिश्वास लिएका छन् । उनले माओबादी यसपटक हदैसम्मको लचकता अपनाउदै प्रस्तुत भएका कारण अन्य दलहरुले माओबादी उमेदबारलाई भोट हाल्ने पाठकको बिश्वास छ । उनले माओबादी शान्ती प्रक्रियाको प्रमुख हिस्सा भएका कारण उसको नेतृत्वमा सरकार बने शान्ती प्रक्रिया निष्कर्षमा पुग्ने बताए ।
यस्तै डिसिएनका महाप्रबन्धक अशोक शर्माले आफु तथष्ट रहेका बताउदै ब्यक्तित्व र बौद्धिकताका आधारमा डा. बाबुराम भट्टराईले जित्नु पर्ने बताएका छन् । पछिल्लो समय अन्य दलहरुबाट आउको अभिब्यक्तिका कारण कस्ले जित्छ भन्ने बारे यतिकै भन्न नसकिए पनि मधेशबादी दलहरुको भुमिका निर्णायक हुने शर्माको ठहर छ । उनका अनुसार यसरी बहुमति प्रक्रियाबाट बनेको सरकारले शान्ती प्रक्रियालाई निष्कर्षमा पुर्याउन भने सक्ने छैन ।
दलहरुको आपसी द्धन्द्धका कारण देश र जनताको भबिष्य अन्धकार बन्दै गएकोमा चिन्तीत देखिएका शर्माले सहमतिय सरकार गठन गरेर शान्ती प्रक्रियालाई निष्कर्षमा पुर्याउन दलहरुलाई आग्रह गरेका छन् । उनले पनि आइतबार देशले नयाँ प्रधानमन्त्री पाउने आशा ब्यक्त गरेका छन् । सरकारसँग चलचित्रको विकासका काम जोडिएकाले चाँडै नै नयाँ प्रधानमन्त्री चयन हुनुपर्ने चलचित्रकर्मीको भनाई छ ।