चारैतिर तीजको रमझम सुरु भएपछि नायिकाहरु पनि तीज मनाउन ब्यस्त छन् । तर नायिका ऋचा घिमिरेलाई भने तीजको रौनकले छोएको छैन । प्रायः जसो नायिकाहरु तीजको अवसरमा आयोजना गरिएका बिभिन्न दर खाने कार्यक्रममा उपस्थित भएर नाचगान गरिरहेका छन् तर ऋचा भने आफ्नो पछिल्लो चलचित्र ब्रेक फेलको काममै व्यस्त छिन् ।
यहि भाद्र १६ गते रिलिज हुन लागेको चलचित्र ब्रेक फेल रिलिजको अन्तिम तयारी गरिरहेको ऋचाले यस बर्षको तीज भने खल्लो हुने बताईन् । यस बर्षको तीजमा नाचगान गर्न नपाए पनि उनलाई खासै गुनासो छैन । किनकी उनी आफ्नै मेघाप्रोजेक्टको चलचित्र ब्रेक फेलकै काममा रमाईरहेकी छिन् । अहिले चलचित्रको प्रचारमा ब्यस्त रहेको जनाउदै ऋचाले आफ्ना लागी यो बर्षको तीज ब्रेक फेल मय हुने बताईन् ।
तीजका अवसरमा आयोजना गरिने बिभिन्न दर खाने कार्यक्रमहरुबाट निम्तो पाए पनि उनले ति कार्यक्रमहरुमा सहभागिता जनाउन नसक्ने बताईन् । तीजको दिन भने मज्जाले नाच्ने ऋचाको भनाई छ । तीजको दिनमा भने उनि रातो साडी लगाएर नाच्ने सोचाइमा रहेकी छन् । गरगहनाहरु तयारी अवस्थामा नै रहेको जानकारी दिदै ऋचाले तीजकै लागी भनेर रातो साडी समेत किनीसकेको बताईन् ।
ब्रेक फेल आफ्नो महत्वकाँक्षी चलचित्र भएको जनाउदै ऋचाले त्यहि अनरुपको मेहनत गरेको जनाएकी छन् । उनले चलचित्र ब्रेक फेलमा समाजका हरेक पात्रहरुको जिवन्त चित्रण गरिएको जनाएकी छन् । शंकर घिमिरेले निर्देशन गरेको यो चलचित्र एक करोड भन्दा बढिको लागतमा निर्माण गरिएको ऋचाको दाबी छ । यस चलचित्रमा शिवहरी कार्की, मनोजकुमार घिमिरे तथा प्रदीप सिंहको पनि लगानी रहेको छ ।