चलचित्रकर्मीहरुका गल्ति तथा कमिकमजोरीहरू औल्याएर उनिहरुलाई झकझकाउने पत्रकारहरुलाई नै यति बेला झकझकाउन पर्ने अवस्था आएको छ । गत बर्षको अन्त्य तिर बिदूर गिरीको अध्यक्षयतामा चयन भएको नयाँ कार्यसमितीले अहिले सम्म कुनै काम नगर्दा चलचित्र पत्रकारहरूले असन्तुष्टी व्यक्त गरेका छन् ।
गिरीले नेतृत्व सम्हाले पछि संघ यतिबेला प्रायः निस्कृय रहेको छ । जेष्ठ ७ गते चलचित्र पत्रकारिता दिवसको दिनमाघोषणा गरेको चलचित्र पत्रकारिता पुरस्कार अहिले सम्म वितरण नगरिंदा संघमाथी औंला उठेको हो । अहिले सम्म कुनै औपचारिक काम नहुनुले संघका सदस्यहरू चारैतिरबाट आलोचित हुन पुगेका छन् ।
केही सदस्यहरुले त संघको निस्कृयताका कारण आफुहरुलाई संघको सदस्य भन्न पनि लाज लाग्न थालेको बताएका छन् । अझ केही सदस्यहरुले त ५ महिना सम्म चलचित्र पत्रकार संघले केही गर्न नसकेका कारण संघमा बस्नुको औचित्य समाप्त भएको बताउन थालेका छन् । नेपाली चलचित्रको विकासका लागि चलचित्र पत्रकार संघको पनि मुख्य हात रहन्छ तर संघ नै यसरी केहि नगरी चुप लागेर बसिदिंदा नेपाली चलचित्रको भविश्य अन्यौलतामा नै रहने कुरामा दुई मत छैन ।
त्यसैले अध्यक्ष ज्यु संघलाई क्रियाशिल गराएर सम्पूर्ण चलचित्र पत्रकारहरुरुको साखः उच्च पारी संघ प्रति गौरब गर्ने बाताबरण तयार पार्ने हो की !
निर्देशक उदगमले पनि गर्दैछन् बिहे
प्रदर्शनको क्रममा रहेको फिल्म 'सिग्नेचर'का निर्देशक सागर उदगमले पनि असार ३० गते नै बिबाह गर्दैछन् । उनले अम्बिका गौतमसँग बिबाह गर्न लागेका हुन् । चावहिल स्थित जुम क्याफे तथा बैंक्वेट हलमा बिबाहको तयारी गरेका उद्गमले नजिकका सिमित फिल्मकर्मीका लागि रिसेप्सन पार्टी भने असार ३१ गते धुम्बाराहीको सुर्य क्याटरिङमा दिंदैछन् । गोंगबु घर भएकी अम्बिकासँग सागरले मागी बिबाह गर्न लागेका हुन् ।