मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तपोवनमा राजेश र मनिषाको जम्का भेट

फिल्मीखबर, काठमाण्डौ, 2011/08/28

नेपाली चलचित्र 'धर्मा' का जोडी राजेश हमाल र मनिषा कोईरालाको शबिनार जम्का भेट भयो । काठमाण्डौको ओशो तपोवनमा एक्कासी भेटिए पछि यो जोडी एकछिन त मुखामुख नै भए ।

 

ओशोमा एक्कासी भेटिएको यो जोडीले ओशो सम्बन्धी नेपालीमा लेखिएको नेपाली, हिन्दी र अंग्रेजी भाषाका पुस्तकहरू विमोचन गरे । ओशो तपोवनका संयोजक स्वामी आनन्द अरुणले पुस्तक विमोचन पछि राजेश र मनिषालाई आध्यात्मिक विषयवस्तुका बारेमा प्रस्ट्याएका थिए । उनीहरूले स्वामी आनन्दको प्रवचन ध्यान दिएर सुनेका थिए । 

 

राजेश हमाल काठमाण्डौको जितपुर फेदीमा रहेको 'मातृ नेपाल बालगृह' का अनाथ बालबालिकालाई कापी कलम र खाना वितरण गरि फर्कने बेला ओशो पसेका हुन् भने मनिषा ओशोमा ध्यान गर्न पुगेकी थिईन् । राजेश हमाल चलचित्र 'मेरो राजेश दाई' को पब्लिसिटीका लागी अनाथाश्रम पुगेका हुन् ।