फिल्मीखबर डटकमले शुरू गरेको चलचित्र ब्रेक फेलको क्विज स्तम्भको पाचौं बिजेता सिमलचौर - ८, पोखराका शिव गोदार भएका छन् । कुल १,७५६ जनाले सहभागिता जनाएको सो क्विजमा १,६८७ जनाले सहि उत्तर पठाएका थिए । तिनै सहि उत्तर पठाउने मध्येबाट गोला प्रथा गरि गोदार बिजेता घोषित भएका हुन् ।
बिजेता खड्कालाई भाद्र १५ गते हुन लागेको चलचित्र ब्रेक फेलको प्रिमियरमा सहभागी गराईने छ । चलचित्रको ग्रिन कार्पेट प्रिमियर काठमाण्डौमा साँझ ५ बजे हुनेछ । गत साता राखिएको नेपाली चलचित्र ब्रेक फेलका संगीतकार को हो ? भन्ने प्रश्नको सहि उत्तर सत्यस्वरूप र दि युनिटी व्याण्ड हो । भाद्र १६ गते आफ्नो प्रदर्शनको मिती तय गरेको चलचित्र 'ब्रेक फेल' को शिर्ष गीतमा दि युनिटी व्याण्डको संगीत रहेको छ भने बाँकी गीतमा सत्यस्वरूपको संगीत रहेको छ ।
यसैगरी क्विजलाई निरन्तरता दिंदै छैठौं अर्थात अन्तिम क्विज अर्न्तगत भाद्र १६ गते सार्वजनिक हुन लागेको चलचित्र 'ब्रेक फेल' को प्रिमियर कुन हलमा हुँदैछ ? भन्ने प्रश्न राखिएको छ । जसका विकल्पहरू १. बिग सिनेमा २. जय नेपाल ३. कुमारी ४. गोपीकृष्ण रहेका छन् । यो क्विज नै अन्तिम रहने छ । यस क्विजसँगै ब्रेक फेलका ६ वटा क्विजका ६ जना बिजेता मध्येबाट एक जनालाई चलचित्र युनिटसँग डिनर गराईने छ । डिनरमा निर्देशक, नायक र नायिका सहभागी हुनेछन् ।