लामो समयसम्म चलचित्र पत्रकारिता क्रियाशिल रहेका पत्रकारद्वय शान्ति प्रिय र हेम सुवेदी सम्मानित भएका छन् । शनिबार आयोजित 'मिलाप सम्मान-०६८' कार्यक्रममा उनीहरु सम्मानित भएका हुन् ।
मिलाप मासिक पत्रिका दोस्रो बर्षमा प्रवेश गरेको अवसरमा आयोजित सम्मान कार्यक्रममा पत्रकारद्वय शान्ति प्रिय र सुवेदीसँगै गायिकाद्वय माण्डवी त्रिपाठी, कोमल वली, समाजसेवीहरु रामजी अवाल, रत्नलक्ष्मी श्रेष्ठ, पत्रकार एल.एस लामा, बैंकरद्वय दीपेन्द्र कार्की र शेखर अर्याललाई पनि सम्मान गरिएको छ । तिजको अवसर पारेर सुजल क्याफे एण्ड सोफा रेष्टुरेन्टमा त्रिपुरेश्वरमा आयोजना गरिएको कार्यक्रममा महिलाहरुलाई तिजको दर समेत खुवाएको संयोजक सुमन वैरागीले जानकारी दिए ।
सिमाविद् चेतेन्द्रजंग हिमालीको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा कलाकारहरुको बाक्लो उपस्थिति थियो भने गायिकाहरुको सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप रौनकता प्रदान गरेको थियो । उक्त कार्यक्रममा बोल्दै सम्मानित पत्रकार शान्ति प्रियले संक्रमणकालिन अवस्थामा पत्रकारिताको माध्यमबाट मिलाप मासिकले पुर्याएको योगदानको प्रशंसा गरे ।