मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शिक्षाबारे निरकले चलचित्र बनाउने

फिल्मीखबर, काठमाण्डौ, 2011/08/30

पहिलो चलचित्र 'कुसुमे रुमाल-२' बाट नै चर्चामा आएका निर्देशक निरक पौडेलले दोस्रो चलचित्र बनाउने भएका छन् । औपचारीक घोषणा हुन बाँकि नै रहे पनि उनले फिल्मीखबरलाई चलचित्र बनाउन लागेको जानाकरी दिएका हुन् ।

करीब ३ वर्ष अगाडी चलचित्र कुसुमे रुमाल चलचित्रको सिक्वेल बनाएर आशा लाग्दो चलचित्र निर्देशकको परिचय बनाएका पौडेलले दोस्रो चलचित्र भने शिक्षा संग सम्बन्धित बनाउने भएका छन् । आफुले सामाजिक कथा बस्तुमा चलचित्र बनाउन चाहेकोले कुसुमे रुमाल पछाडी केही समय ग्याप भएको पौडेलको भनाई छ । उनले लामो समय सम्म नेपालको शिक्षा क्षेत्रको अध्ययन गरेर मात्र चलचित्र बनाउन लागीएको बताएका छन् ।

 

लामो समय बिषय बस्तु माथि अध्ययन गरेपछि शिबम अधिकारीले चलचित्रको स्कृप्ट लेखिरहेको पौडेलले जानकारी दिएका छन् । उनले स्कृप्ट लेख्नको लागी मात्र अझै २ महिना लाग्ने बताए ।  भर्खर मात्र शिक्षासँग सम्बन्धित बलिउड चलचित्र आरक्षण रिलिज भएको प्रसंग कोट्याउदै निरकले आफुहरुले आज भन्दा एक डेड वर्ष अगाडी नै यो बिषयमा अध्ययन गरीरहेको जनाए ।

 

पौडेलले आफुले बनाउन लागेको चलचित्र नेपालमा देखिएको शिक्षा क्षेत्रका समस्याहरुमा केन्द्रीत रहने जानकारी दिदै उनले चलचित्रको कथा मौलिक हुने बताएका छन् । उनले अबको एक महिना पछाडी मात्र चलचित्रको बारेमा बिस्तृत रुपमा जानकारी दिने बताए ।