मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ऋचालाई १०३ डिग्री ज्वरो

फिल्मीखबर, काठमाण्डौ, 2011/08/30

चलचित्र 'ब्रेक फेल' कि निर्माता तथा नायिका ऋचा घिमिरेको दौडधुप यति धेरै भएछ कि अहिले उनलाई १०३ डिग्री ज्वरोले च्यापेको छ । चलचित्र रिलिज हुन तीन दिन बाँकि रहँदा ऋचा ज्वरो आएर घरमा सुत्न बाध्य भएकी छिन् ।

 

गत शनिबार चलचित्र विकास बोर्डमा आयोजना गरिएको एक कार्यक्रमको सञ्चालन गरेपछि उनलाई बेलुकी पख केहि गार्‍हो भएछ । उनले भनिन्, 'त्यति बेला नै म बिरामी हुन्छु होला भन्ने अनुमान लगाएकी थिएँ ।' समयमा खान खान नपाउनु र चलचित्रको प्रचारप्रसारमा दौडधुप गर्दा आफू बिरामी भएको ऋचाको भनाई छ । शनिबार साँझबाट नै बिरामीको महसुस गरेकी ऋचा सोमबार १०३ डिग्रीको ज्वरो आएपछि नजिकै हिमालय नर्सिङ होम पुगेर उपचार गरिन् ।

 

हाल बेड रेस्टमा रहेकी ऋचाले ज्वरो अझै कम नभएको बताईन् । चलचित्रको रिलिज डेट नजिकै आईरहँदा प्रचार प्रसारमा हिड्न नसक्दा उनी निकै चिन्तित छिन् । आफ्ना पति तथा चलचित्र ब्रेक फेलका निर्देशक शंकर घिमिरे मात्र दौडधुप गरिरहँदा ऋचाको मन निकै दु:खेको पनि छ । यका तिर तीजको बेला र चलचित्र रिलिजको बेला बिरामी हुनु अर्का तिर आफ्ना पतिले मात्र दु:ख गर्दा ऋचा निकै दु:खी भएकी छिन् ।

 

बिहिबार चलचित्रको प्रिमियर गर्ने तयारी गरिरहेको बताउँदै ऋचाले तीजमा नाचगान गर्ने योजना पनि सफल हुन नसकेको दु:ख व्यक्त गरिन् । उनी भन्छिन्, 'तीजको दिन मज्जाले नाचौंला भन्ने थियो तर ज्वरोले गर्दा नाच्ने रहर पुरा हुन सकेन । गत बर्ष लण्डनमा तीज मनाएकी ऋचाले यस बर्षको तीज मज्जाले मनाउने सपना बुनेकी थिईन् तर त्यो सपनमा सपनामा नै सिमित हुने भएको छ ।

 

तीज सेलिब्रेट गर्न नसके पनि चलचित्र ब्रेक फेलको प्रचार प्रसारमा सहभागी हुनको लागी उनको स्वास्थ्यमा चाँडै अनि सुधार आओस् । फिल्मीखबर डटकम उनको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।