मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मन्त्रालय बाँडफाँड पछि राजिनामाको टुङ्गो लाग्ने

फिल्मीखबर, काठमाण्डौ, 2011/08/30

राजनितिक नियुक्ती पाएका चलचित्र बिकाश बोर्डका अध्यक्ष गणेश भण्डारीले आफ्नो तत्काल राजिनामा दिने मनशाय नभएको बताएका छन् । भण्डारीले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनेका कारण तत्काल राजिनामाको टुङ्गो नलागेको जानकारी दिएका छन् ।

उनले सञ्चारमन्त्री जुन कुनै पार्टीको तर्फबाट नियुक्त गरिए पनि आफ्नो पार्टीले अहिले सम्म राजिनामा दिन नभनेका कारण अहिले राजिनामा नदिने जनाएका छन् । यदि प्रधानमन्त्री अरु पार्टीको बन्थे भने त्यसै दिन राजिनामा दिने गणेशले बताएका छन् । उनले अहिले सहमतिय सरकार बनेकोले सञ्चार मन्त्री अरु पार्टीकै बने पनि सहमतिका आधारमा आफु बोर्डमै रहिरहन सक्ने जानकारी दिएका छन् ।

 

आफुले अगाडी सारेका कार्ययोजनाहरु पुरा हुन बाँकि रहेकै अवस्थामा सरकार परिवर्तनसंगै राजिनामा गर्नु पर्ने परम्पराले कुनै पनि नेतृत्वले अघि सारेका योजना पुरा हुन नसकेको उनले बताएका छन् । मन्त्रालय बाँडफाँडमा दलिय सहमति भए पछि पाटी नेतृत्वसँग छलफल गरेर मात्र राजिनामा गर्ने नगर्ने टुङ्गो लगाउने जानकारी दिदै भण्डारीले राजिनामाको हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । छोटो समयमा नै उत्कृष्ट काम गरेर अहिले सम्मकै सफल अध्यक्ष ठहरीएका भण्डारीसँग चलचित्रले भने अझै धेरै कुरामा आशा गरको छ ।

 

यस अगाडी नै बिभिन्न कार्यक्रमहरुमा चलचित्र क्षेत्रका बिभिन्न संघ संस्थाहरुले गणेश भण्डारी जस्तो ब्यक्ति बोर्डको अध्यक्ष भैरहन पर्ने भन्दै उनको पक्षमा मत जाहेर गरेका छन् । त्यसो त बोर्ड स्वायत्तताको ऐन सञ्चार मन्त्रालयबाट स्विकृत गराएर कानुन मन्त्रालय सम्म पुर्‍याएर अर्को चर्चा बटुलेका भण्डारी चलचित्रकर्मीहरुको आशा र भरोशाका केन्द्र मानिएका छन् ।