मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निरूता नै अगाडी

फिल्मीखबर, काठमाण्डौ, 2011/08/31

आज तीजको दिन नायिकाहरु नाचगान गरी तथा ब्रत बसेर मनाउँदै छन् । समय परिवर्तन भएको छ । पहिला पहिला सासुले बुहारीलाई दिएको पिडा माइतीमा आएर तीजका गीत मार्फत पोख्ने तथा बाबाले दाइजोमा दिएको शिरफुलको कुरा गर्ने चलन थियो । शिरमा शिरफुल लगाउने कुरा गर्ने महिलाहरू अहिले 'झन् माथि सार्‍यो झन् तल झर्छ हाई मेरो फरिया…' भन्दै गाउन थालेका छन् । नारीहरु फरक रहन सहनमा हिड्न थालेका छन् । तीज मनाउने शैली पनि परिवर्तन भएको छ । तर पनि नारी हिंसा भने रोकीएको छैन ।


समाजमा नारी हिंसा नरोकीएकै कारण केही चलचित्रहरु नारी संबेदनशिलतामा आधारित रहेर बनिरहेका छन् । खासगरी नारीको भावनालाई सहर्ष स्पर्ष गर्न सक्ने चलचित्र बनाउने भएरै होला निर्देशक शिब रेग्मीलाई रुबाउने चलचित्र बनाउने निर्देशकको रुपमा पनि चिनिन्छ । धेरै नारी संबेदनामा आधारित चलचित्र निर्देशन गरेका निर्देशक रेग्मीको मूल्याङ्कनमा यस्ता चलचित्रमा कथामा डुबेर काम गर्ने नायिकाहरुमा निरुता सिंह सबै भन्दा अगाडी परेकी छन् ।


आफुले कथा बस्तुका आधारमा कलाकार छनौट गर्ने बताउदै रेग्मीले अहिले सम्म आफुले काम गरेका नायिकाहरुमा निरुताले नारी संबेदना बोकेका चलचित्रमा उत्कृष्ट अभिनय गर्न सक्ने बताएका छन् । रेग्मीले दोस्रो नम्बरमा भने नायिकाद्धय झरना थापा र गरिमा पन्तलाई राखेका छन् । चल्तीका नायिका भए पनि रेखा थापाले चुलबुले भुमिकामा जत्तिकै नारीको भावना बोकेको चलचित्रमा काम गर्न नसक्ने उनको ठहर छ । तर पनि रेखाको अभिनय उत्कृष्ट हुने गरेको उनले बताए । नायिका करिष्मा मानन्धर र अभिनेत्री मिथिला शर्मालाई पनि उनले उत्कृष्ट अभिनय गर्ने कलाकार भनेका छन् ।


नयाँ नायिकाहरुको मूल्याङ्कन गर्ने समय आइ नसकेको बताउने रेग्मीले पुराना नायिकाहरुले पनि आफ्नो भुमिकामा अझै मेहनत गर्नु पर्ने बताएका छन् । कति नायिकाले टाइट सेडुयलमा काम गर्दा मेहनत गर्न नभ्याउने बताउदै निर्देशक रेग्मीले उनिहरुले मेहनत गर्ने हो भने अझै राम्रो काम गर्न सक्ने बताए । तीजको अबसरमा सम्पुर्ण महिला चलचित्रकर्मीहरुका साथै सम्पुणै हिन्दु नारीहरुलाई शुभकामना ब्यक्त गर्दै रेग्मीले रमाइलोसँग तीज मनाउन आग्रह गरेका छन् ।