मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्देशकहरूका लागि कार्यशाला

फिल्मीखबर, काठमाण्डौ, 2011/08/31

आदिवासी फिल्म आर्काइभ (आइफा)ले नेपाली मौलिक चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले नि:शुल्क कार्यशाला गर्दैछ । जस अर्न्तगत आइफाले एक हप्ते स्कृप्ट लेखन कार्यशाला गरिसकेको छ भने अहिले निर्देशकहरूका लागि कार्यशाला गर्दैछ ।

 

करिब एक दर्जन चलचित्र निर्माणका लागि आयोजना गरिएको सो कार्यशालाबाट आइफाले १० उत्कृष्ट स्कृप्ट राईटर छानिसकेको छ । यसै गरी केहि दिनमा उत्कृष्ट निर्देशकहरूको छनोटका लागि कार्यशाला गरिन लागेको कार्यशालाका परियोजना संयोजक तथा निर्देशक संजोग लाफाले जानकारी दिए । उनले भने, 'अबको केहि दिनमा निर्देशकका लागि खुल्ला निवेदन आह्वान गर्दै छौं ।'

 

कार्यशालामा सहभागी हुन चाहनेले कम्तिम पनि एक म्युजिक भिडियो, छोटो या फिचर फिल्म बनाएको हुनुपर्ने छ । आवेदन दर्ता गराएका मध्येबाट मापदण्ड पुगेकालाई मात्र कार्यशालामा समावेश गरिने संयोजक लाफाको भनाई छ । निर्देशकको कार्यशाला पछि चलचित्र प्रोडक्सनको प्रोसेसमा जाने लाफाले बताए ।

 

कार्यशालामा सहभागी हुनेले आउने बैशाखमा हुन लागेको आदिवासी फिल्म महोत्सवमा प्रिमियर हुने गरि चलचित्र निर्माण गर्नुपर्ने लाफाले बताए । कार्यशाला सहभागीले लेखेका उत्कृष्ट स्कृप्ट र उत्कृष्ट निर्देशकहरूलाई उचित पारिश्रमिक समेत दिईने भएको छ ।